अछाममा दसैंतिहार सकेर कामको खोजीमा भारत जानेको लर्को

अछाम,
अछाममा दसैं तिहार सकेर मजदूरी गर्न भारत जानेको लर्को लागेको छ । चाडपर्व सकिएपछि भारतका विभिन्न शहर पस्नेहरुको बसपार्कमा भिड लागेको हो ।

खेतबारीको उब्जनीले बर्षभरी खान नपुग्नु, र गाउँमा रोजगारी नपाउदा ज्याला मजदूरीका लागि भारत जाने गरेको मंगलसेन, १३ का लालबहादुर ढोलीले बताए ।

गाउँमा रोजगारीका लागि अवसर नै नहुँदा मजदूरीका लागि भारत जानुपर्ने बाध्यता रहेको उनले बताए ।

आइतबार मात्रै भारत हिडेका करिब दुईसय बढी पुरुषहरु जिल्लाबाट बाहिरीएको सुदूरपश्चिम यातायातका मंगलसेन सहायक ईन्चार्ज राजेशबाबु बोगटीले बताए ।

सदरमुकाम मंगलसेन सहित साँफेबगर, जयगढ, कमलबजार, बिनायक र बेलखेत लगायतका ठाउँबाट युवाहरू रोजगारीका लागि भारत जाने गर्छन् ।





error: Content is protected !!