शसस्त्रले गर्र्यो सरसफाई

जाजरकोट ः शसस्त्र प्रहरी वलले जाजरकोट सदरमुकामको दरवार मार्ग देखि गैरीखाली सम्म सरसफाई गरेको छ । आज विहानै प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेत, भरी नगरालिकाका उपप्रमुख भावना भण्डारी , नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव हेमन्त केसी , शसस्त्र प्रहरी वलका जाजरकोट प्रमुख सन्तोष सिंहको समेत सरसफाई कार्यक्रममा सहभागिता रहेको थियो । यसरी हप्तै पिच्छे सरसफाई कार्यक्रम गरिने शसस्त्र प्रहरीका प्रमुख सिंहले बताए ।









