डोल्पाको बतासे ओडारमा जीप दुर्घटना ः१० को मृतक सबैको सनाखत

सुकमाया थाया , लेख वुढा
डोल्पा ः डोल्पा राष्ट्रिय सडक संञ्जालमा जोडिएको खुशी साट्न नपाउँदै डोल्पाली जनतामाझ दुखत घटना घटेको छ ।
सोमबाट डोल्पामा भे १ च १६१० नंम्बरको जिप दुर्घटनाग्रस्त भएको छ ।डोल्पाली जनतालाई सुविधा दिनकोलागि हेलिकोप्टरबाट ल्याएर संञ्चालनमा ल्याएका जीप सदरमुकाम दुनै–त्रिपुराकोट दुनै जुफाल संचालित थिए ।१२ जनायात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जिप करिब २ बजेर ३० मीनेटमा ठुलीभेरी नगरपालिकाको वडा नं ९ मा पर्ने कालागौँडा नजिकैको बतासे वडारमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि ७ जना पुरुष र ३ जना महिला सहित १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन । दुबस सडकबाट पन्ध्र मीटर तल ठुलीभेरी नदीमा खसेको थियो ।
मृतकसबैको सनाखत भईसकेको छ ।मृत्युहुनेमा त्रिपुरा सुन्दरी नगरपालिका १ त्रिपुराकोट बस्ने बर्ष ४५ का हेमराज हमाल,सोही ठेगानाका बर्ष १८ की लक्ष्मी रोकाय,बर्ष ६२ का नरसिँह कठायत,सोही ठेगानाका बर्ष २५ का शेरबहादुर थापा,सोही नगरपालिका वडा नं २ बस्ने बर्ष १३ कि अस्मीता रोकाय,सोही नगरपालिका वडा नं ३ बस्ने बर्ष ४५ का बुध धराला,सोही नगरपालिका वडा नं २ बस्ने बर्ष २४ का कुमार रोकाय,सोही नगरपालिका वडा नं ५ बस्ने बर्ष १२ को याम राकाय,ठुलीभरेरी नगरपालिका ५ बस्ने बर्ष ३० का भद्र रोकाय र सोही नगरपालिका ३ बस्ने अन्दाजी बर्ष १७ की मनिसा धराला रहेको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक अभदेश बिष्टले जानकारी दिनुभयो ।
घाईते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका २ बस्ने नन्द बहादुर थापा र सोही नगरपालिका ३ बस्ने चालक दिनेस बोहोरा रहेकाछन् ।थापाको अवस्था सामान्य भएपनि बोहोराको अबस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।
घाईते दुबैजनाको जिल्ला अस्पताल डोल्पामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।बस सडकबाट करिब पन्ध्र मीटर तल ठुलीभेरी नदिमा खसेको प्रहरी चौकी कालागौँडाले जनाएको छ ।
शबहरु शबै जिल्ला अस्पतालमा राखिएको र भोली पोष्ट माडम गरेर आफन्तलाई बुझाईने बताईएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!