अबको सभापति मै हुँ महामन्त्री कोईराला

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोईरालाले महाधिवेशनपछिको सभापति आफु नै हुने दावी गरेका छन् । नेपाली कांग्रेसले शुक्रवार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै महामन्त्री कोईरालाले १४ औ महाधिवेशन अगाडी पार्टी भित्र मौलाएको गुट अन्त्य गर्न असम्भव भएको भन्दै महाधिवेशनपछि पार्टी एकढिक्का भएर अघि बढ्ने बताए । साथै उनले पार्टीको महासमिति वैठक केही दिन पर धकेलिने बताए ।

पूर्वस्वास्थ्यमन्त्री एवं युवा नेता गगन थापाले महासमिती वैठक केही दिन सर्ने जानकारी दिँदै निर्मला पन्तको हत्यारालाई कार्वाहीमा ल्याउन सरकार चुकेको धारणा राखे ।





error: Content is protected !!