विद्यार्थीलाई झोला वितरण

लेख बुढा डोल्पा
प्रागि विद्यार्थी परिषद् ईकाई समिति डोल्पा र माझफाल यूथ क्लव डोल्पाले विद्यार्थीलाई झोला वितरण गरेको छन् ।

ठुलीभेरी नगरपालीका वडा नं ५ माझफाल को विद्यामन्दिर माध्यामिक विद्यालय माझफाल मा ३५ वटा , सहिद शुक्रराज आधारभुत विधालय लाहारा १७ वटा , माहादेव आधारभुत विद्यालय हुँ मा १२ वटा झोला वितरण गरिएको प्रागि विद्यार्थी परिषद ईकाई समिति डोल्पाका सल्लाहाकार जनक कार्कीले जानकारी दिनुभयो ।

यी तीन वटा विद्यालयका जेहेन्दार,अनुशासित,दलित,गरिव र नियमित विद्यालयमा सहभागी जनाउने विद्यार्थीहरुलाई उक्त झोला वितरण गरिएको कार्कीले भनाई छ । प्रागी विधार्थी परिषदको झोला खरीद र माझफाल यूथ क्लवको ढुवानीमा उक्त झोला वितरण गरीएको जनाईएको छ । जेहेन्दार,अनुशासित,दलित,गरिव र नियमित विद्यालयमा सहभागी जनाउने विद्यार्थीहरुको लागी थप हौसला बढाउने उदेश्यले झोला वितरण गरिएको र यस्ता कार्यक्रमहरुमा डोल्पा जिल्लाका अन्य विद्यालयमा पनी वितरण गरिने प्रागि विद्यार्थी परिषद ईकाई समिति डोल्पाका सल्लाहाकार जनक कार्कीले जानकारी दिनुभयो ।

शुक्रबार एक कार्याक्रमको बीच यी तीन वटा विद्यालयका विद्यार्थीहरुलाई हस्तान्त्रण गरीएको छ ।





error: Content is protected !!