सल्लीबजारमा जिपको ठक्करबाट एक बाल घाइते

इन्द्र बुढाथोकी
सल्यान । नेपालगन्ज बाट जाजरकोट जाँदै गरेको भे १ ज ७३६ नम्बरको यात्रु बोकेको सनराइज जीपले ठक्कर दिदा बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलका वर्ष ६ का निशान पुन गम्भीर घाइते भएका छन ।
छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका १ को वडा कार्यालय नजिकै देवस्थलमा ठक्कर दिएको थियो । ठक्कर बाट घाइते बालकको टाउको र मुखमा गम्भीर चोट लागेको छ , भने उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएको ईलाका प्रहरी कार्यालय सल्लीबजार सल्यानले जानकारी दिएको छ । ठक्कर दिने जिप र चालक भने प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सल्लीबजारको इन्चार्ज सुशील रावलले जानकारी दिनु भएको छ ।










