यी हुन् सन्तुलित जीवनका सूत्र

हामी जता हेर्छौं, त्यतै असन्तुलन देख्छौँ । राजनीति, अर्थतन्त्र, समाज, मूल्य–मान्यता, नैतिकता, वातावरण यस्ता धेरै कुराहरू डामाडोल देख्छौँ । तर, समस्या कहाँ छ भने हाम्रो आफ्नै घरको असन्तुलित पक्षमा ध्यान जाँदैन । आफ्नो जीवन असन्तुलित भइरहेको विचार गर्दैैनौँ ।

सबैभन्दा ठूलो परिवर्तन हामी आफैँबाट सुरु हुन्छ । यदि हामीले आवश्यक सन्तुलन पत्ता लगाएर त्यसलाई जीवनमा कार्यान्वयन ग(यौँ भने यसले सकारात्मक नतिजा निकाल्नेछ । हाम्रो स्वास्थ्य सुधार हुनेछ । खुसी बढ्नेछ । परिवारमा राम्रो हुनेछ । दीर्घकालीन रूपमा आफ्नो काममा सुधार ल्याउने, स्वस्थ र सुखी जीवन यापन गर्ने हो भने हामीले चार कुरामा ध्यान दिन जरुरी छ स्

खानपान, व्यायाम, आराम र मनोरञ्जन ।
यसलाई म एउटा कुर्सीको चारखुट्टा भन्न चाहन्छु । एउटा खुट्टा भाँचियो भने हामीले सावधानीपूर्वक बसेर पनि कुर्सी अड्याउन सक्छौँ होला । दुईवटा भाँचियो भने बस्न असहज र गाह्रो हुन्छ । तीनवटा खुट्टा भाँचियो भने उक्त कुर्सीलाई अड्याउन धेरै प्रयत्न गर्नुपर्ने हुन्छ । चारवटै खुट्टा भाँचिएको कुर्सी त के कुर्सी रह्यो र यस कुरालाई हामीले जीवनमा लागू गर्न जरुरी छ ।

हामीमध्ये अधिकांश व्यक्तिगत विकासमा केन्द्रित भएका हुन्छौँ । यसका लागि समय, शक्ति र पैसा खर्चन पनि हामी तयार छौँ । तर, के त्यो सही ठाउँमा खर्च भइरहेको छ । हामीले रोज्ने खाना र पानीले शरीर र मस्तिष्कमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यसको असर व्यावसायिक काममा पनि पर्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!