सेतोचिनीु को अवैध उत्खननमा संलग्न १९ जना पक्राउ

डोल्पा, शे(फोक्सुण्डो राष्ट्रिय निकुन्जको बन क्षेत्र लगायत सामुदायिक बनहरूमा खिरांला भनेर चिनिने बहुमूल्य जडिबुटी सेतो चिनी को पछिल्लो समय हिमाली जिल्ला डोल्पामा अबैध उत्खनन् बढेको छ। शे(फोक्सुण्डो राष्ट्रिय निकुन्जमा पर्ने कैनमरी बनमा अवैैध रुपमा उत्खनन् गरिरहेका १९ जनालाई एक क्विन्टल पचास केजी सेतो चिनीसहित आइतबार निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहित निकुञ्जको गस्ती टोलीले पक्राउ गरेको छ।

सम्बन्धित सामुदायिक बन समिति वा शे(फोक्सुन्डो निकुञ्जको इजाजत लिएर मात्रै उत्खनन् गर्न पाउने ब्यवस्था भए पनि इजाजत्बिना नै जिल्लाका रसि,पहाड, भित्रबन, कागमारा, भांका लगायतका क्षेत्रमा अवैैध उत्खनन् भइरको पाइएको हो। पक्राउ परेकामा ५ जना बालबालिका दुई महिला र १२ पुरुष गरेर १९ जनालाई पक्राउ गरिएकोमा पाँचजना बालबालिकालाई छाडेर बाँकीलाई बयान लिने काम भइरहको निकुञ्जका रेञ्जर अरुण चौधरीले जानकारी दिए।
पक्राउ परेका १९ जनामध्ये हरिदेब बुढा, रुपलाल बुढा, मन बोहोरा, रुप्सी कठायतको नाम सार्वजनिक भएको छ भने अन्य सबै त्रिपुरा सुन्दरी नगरपालिका २ कै स्थानीय रहेको निकुञ्जले जनाएको छ। निकुञ्ज र सामुदायिक बन समितिहरूले प्रभावकारी भूमिका खेल्न नसक्दा सेतो चिनीको अवैध उत्खनन् कार्य भइरहेको बताइएको छ।

उच्च हिमाली भू(भागमा पाइने औषधिमूलक जडिबुटीको रुपमा चिनिने खिरांलाको राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण हुने गर्दछ। डोल्पाका बनहरूमा प्रशस्त रुपमा पाइने सेतोचिनीलाई काँचो प्रतिकिलो ३० र पकाएर सुकाएको बजारमा एक हजारमा प्रतिकिलो बिक्री हुने गर्दछ।





error: Content is protected !!