पार्सलमा गलत स्पेलिङ लेख्दा पक्राउ परे ट्रम्पका आलोचकलाई बम पठाउने व्यक्ति

थियो । साथै, उनले पार्सलमा लेखेको स्पेलिङमा जुन गल्ती गरेका थिए त्यस्तै गल्ती उनको ट्वीटमा पनि पाइएको थियो । यही प्रमाणको आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

एफबीआईका निर्देशक क्रिस्टोफर ए रेका अनुसार डेमोक्रेट नेता मेक्सीन वाटर्सलाई पठाएको पार्सलमा सायोकको फिंगरप्रिन्ट थियो । यसबारे बममा डिएनए स्याम्पलको पनि परिक्षण गरियो जुन एजेन्सीसँग पहिले नै भएको सायोकको डिएनएसँग मेल खायो ।

सोसल मिडिया अकाउन्टमा राखियो निगरानीः
सायोकमाथि शंका लागेपछि एफबीआईले उनीसँग सम्बन्धित सोसल मिडियामाथि निगरानी राख्न सुरु गरे । अधिकारीका अनुसार उनले ट्वीटमा पनि स्पेलिङमा पनि त्यही गल्ती गरेका थिए जुन पार्सलको एड्रेस लाइन र धम्कीमा थियो । यसकारण अनुसन्धान एजेन्सीलाई सायोकमाथि थप शंका लाग्यो ।

अधिकारीका अनुसार अहिलेसम्म पाँच दिनको अन्तरालमा यस्ता १३ पार्सल बरामद गरिएका छन् । शुक्रबारमात्र पुलिसले फ्लोरिडा, न्यूयोर्क र क्यालिफोर्नियामा तीन बम बरामद गरे । अहिले पनि बमको खोजीकार्य जारी छ । सबैभन्दा पहिले पार्सल बम अर्बपती व्यापारी र डेमोक्रेटका डोनर जर्ज सोरोसलाई पठाइएको थियो ।

जुन विशेष व्यक्तिलाई कम पठाइएका छन् ती सबै कुनै न कुनै बेला ट्रम्पसँग विवादमा रहेका छन् । पूर्व राष्ट्रपति बराक आबामादेखि हिलारी क्लिन्टनलगायत ट्रम्प नीतिका आलोचक हुन् । यस्तै, बम पाउने सूचीमा हलिउड अभिनेता रोबर्ट डी निरोको नाम नयाँ हो । उनी पनि ट्वीटमार्फत ट्रम्पको आलोचना गर्ने गर्छन् ।

सायोकले अपराध प्रमाणित भए उनी लामो समयसम्म जेलमा कैद हुनसक्छन् ।
एजेन्सी




सम्बन्धित समाचार


error: Content is protected !!