जुम्लाको सिजामा जिप दुर्घटना, तीनको मृत्यु

जुम्ला,
सिजा गाउँपालिकाको नराकोटमा बुधबार जिप दुर्घटना हुँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नम्बरको जिप दुर्घटना हुँदा तिला गाउँपालिका ३ का लाले सार्कीसहित उनकी श्रीमती जानकी सार्की र ८ महिनाको छोरी मैना सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिप सडकबाट दुई सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
त्यसैगरी रारादेखि पर्यटक बोकोको ग १ य १०९७ को स्कोरपियो कनकासुन्दरी गाउँपालिका ६ गोरुचौर नजिकै गाडी खस्दा सात जना यात्रु सामान्य घाइते भएको स्थानीय दिपेन्द्र उपाध्यायले बताए। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरी नायव निरीक्षक सिताराम रिजालले बताए । जिप चालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।










