रुकुममा सडक निर्माण गर्ने नाममा डोजर चलाउन नपाइने

रुकुम ।रुकुममा अवदेखी विकासका नाममा हुने जथाभावी डोजर प्रयोग अव बन्द हुने भएको छ । हिउँदको समयमा जथाभावी डोजर र स्काभेटर प्रयोग गर्दा बर्षातमा ठुलो क्षति हुने र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप बढ्ने भएकोले रुकुममा अवदेखी सडक निर्माण गर्दा कुनै पनि हालतमा डोजर प्रयो गर्न नपाइने भएको हो । रुकुममा रहेको ६ वटा स्थानीय तहका जनप्रतिनिधिलाई पुर्वगृहमन्त्री एवं प्रतिनिधि सभाका सदस्य जनार्दन शर्माले सडक निर्माण गर्ने नाममा जथाभावी डोजर नचलाउन निर्देशन दिनुभएको हो ।

जथाभावी डोजर प्रयोग गर्नाले जमिन नष्ट हुन सक्ने र भुक्ष्य बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप आउने भएकोले डोजर प्रयोग बन्द गरिने उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र उद्घाटन गर्दे उहाँले यस्तो बताउनुभएको हो । नेकपाका कर्णाली प्रदेशका इन्चार्ज समेत रहनुभएको पुर्वमन्त्री शर्माले रुकुमका हरेक टोल टोलमा कृषिका समुह निर्माण हुनुपर्ने र रुकुमलाई कृषिको भुमिको रुपमा विकास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “रुकुम कृषिको उर्वर भुमी हो त्यसैलै रुकुम उत्पादनको स्रोत कृषि भएकोले हरेक स्थानीय तहले अधिकतम रुपमा जनताको भावना अनुसार काम गर्नुपर्छ ।” यस्तै जनताको भावना अनुसार काम गर्न कर्मचारीलाई पनि उहाँले निर्देशन दिनुभयो ।

यसैगरी कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले बजेटलाई सहि ठाँउमा सदुपयोग गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । कृषिका लागी प्रदेश सरकारले पनि रुकुमलाई उचित बजेटको व्यवस्था गरेको जानकारी दिनुहुँदै मन्त्री के।सीले कर्मचारीलाई राम्रो काम गरेर जनताको मन जित्न आग्रह गर्नुभयो । रुकुम पश्चिममा बिहिबार कर्णाली प्रदेश सरकार अन्र्तगत कृषि ज्ञान केन्द्रको उद्घाटन भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!