जोडरले कुल्चिदा बालकको मृत्यू

जाजरकोट , १२ असोज ः यहाँको कुशे गाउँपालिका वडा २ टालेगाउँमा डोजरले कुल्चिदा कर्णवहादुर सिंहका ७ वर्षीय छोरा धीरेन्द्र सिंहको मृत्यू भएको छ । सडक मर्मत गरिरहेको डोजर विहिबार वेलुका टालेगाउँ तीर फर्कने क्रम्म बालक सिंहलाई कुल्चिएको जिल्ला प्रहरी कार्यालयका निर्मित प्रमुख ईन्द्रजित सुनारले जानकारी दिए । बालकको घटना स्थलमै मृत्यू भएको थियो ।कुशेगाउँपालिका वडा वडा २ का वडा जनक शाही रहेको छ । डोजरका चालक वडा अध्यक्ष शाहीकै साला गोरखवहादुर सिंह ले चलाएका थिए ।






