जुम्लाको बजार क्षेत्रमा मालबाहक गाडी प्रवेशमा रोक

जुम्ला,
चन्दननाथ नगरपालिका जुम्लाले बजार क्षेत्रमा मालबाहक गाडी प्रवेशमा रोक लगाएको छ । मेयर कान्तिका सेजुवालको अध्यक्षतामा भदौ २५ गतेको बैठकले मालबहाक गाडी बजार क्षेत्र प्रवेशमा रोक लागउने निर्णय गरेको थियो ।
नगरपालिकाले बिहान ८ बजे देखि बेलुका साढे ५ बजेसम्म मालबाहक गाडीलाई बजार क्षेत्र प्रवेशमा रोक लगाएको मेयर सेजुवालल बताइन् । उनले भनिन् ‘बजार क्षेत्रमा साघँुरो सडक र दिउँसो जनमानसको चाँप बढी हुने हुनाले दुर्घटना न्यूनिकरणका लागि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।’
नगरपालिकाकाले साना ठुला सार्वजनिक सवारी साधनहरुलाई असोज १ गते देखि राहदेव बसपार्कमा पार्किङ गर्न र बसपार्क बाटै गाडी छुटाउन निर्देशन गरेको गरिसकेको छ । नगरपालिकाको निर्णय नियम उलंघन गर्ने प्रत्येक सवारी साधानलाई ५ हजार रुपैयाँ जरिवाना समेत गर्ने निर्णय गरेको मेयर सेजुवालले बताइन् ।



