जनश्रमदानबाट असोज २५ भित्रै विजुली बत्ती बल्ने
लेख बुढा ,डोल्पा
वर्षाका कारण भत्किएको कुलो मर्मत अन्तिम चरणमा पुगेको जैरीगाड जलव्दिुत आयोजनाले बताएको छ । आयोजनाका अनुसार असोज २५ गते भित्रै वत्ती वाल्ने अभियानमा साथ काम अन्तिम चरणमा पुगेको दुनै विद्युत वितरण केन्द्रका प्रमुख संकर सिंह ठकुरीले बताउनु भयो ।
गत भदौ १९ भारी वर्षाका कारण पहिरो खस्दा नरहमा भत्काउदा सदरमुकाम दुनै लगायतका ठाउँमा विद्युत सेवा अवरुद्ध भएको थियो । पहिरोले नहर दुई ठाउँमा व्यापक क्षेति बनाउनुका साथै फलामको पाईप कुचिएपछि विद्युत सेवा लामो समय सम्म अवरुद्ध भएको हो । दुनै विद्युत वितरण केन्द्रका कर्मचारी ,जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी ठुलीभेरी नगरपालीका वडा नं. १,देखि ४ सम्मका जनप्रतिनिधि स्थानीय बासिन्दाको जनश्रमदानमा नहर मर्मत कार्य जारी रहेको छ ।
अबरुद्ध नहर मर्मत कार्य सम्पन्न भएपछी दशै अगाडी नै सवै ठाउँमा बिद्युत पहिलेकै जस्तो सञ्चालन हुने र मेसीन पुरानो भएकाले थप क्षमता बृद्धीको लागि पहल जारी रहेको प्रमुख ठकुरीले बताउनु भयो । डोल्पा जिल्लाकै सवै भन्दा ठुलो २ सय किलोवाट बिद्युत उत्पादन हुने जैरीगार्ड पावर हाउसको नहरमा पहिरो खसेपछी ठुलीभेरी नगरपालीका र त्रिपुरा सुन्दरी नगरपालीकाका स्थानीय बासिन्दा साढे दुई हप्ता देखि अन्धकारमा बस्न वाध्य भएका छन् ।