जिल्लाकै एकमात्र जडिबुटी प्रशोधन केन्द्र बन्द

बि पी डोल्पाली
डोल्पा । जिल्लाकै एक मात्र जडिबुटी प्रशोधन केन्द्र बन्द हुँदा डोल्पाका जडिबुटी ब्यवसायीहरु मर्कामा परेका छन ।
जिल्लामै जडिबुटी प्रशोधन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिका वार्ड १ मा पर्ने खातीज्युलामा ०५५ सालमा स्थापना गरिएको त्रिपुरासुन्दरी जडिबुटी संकलन तथा प्रशोधन केन्द्र १८ वर्ष देखि बन्द हुँदा डोल्पाली जडिबुटी ब्यवसायीहरु मर्कामा परेका हुन ।
बिश्व बन्यजन्तुकोष नेपाल ,बिएसपी न्युएरा र साबिकको त्रिपुराकोट गाबिसको आर्थिक सहयोग १९ लाखको लागतमा स्थापना गरिएको जडिबुटी प्रशोधन केन्द्रले स्थापनाको दुई वर्ष सम्म जिल्लामा अत्यधिक मात्रामा पाईने भुल्ते(जटामसी)समायो,पिरे घाँस लगायतका जडिबुटी चुलाई गरि प्रशोधन गर्दै आएको थियो ।
जिल्लामा पाईने भुल्ते,समायो र पिरे घाँस लगायतका महत्वपुर्ण जडिबुटीको संकलन तथा प्रशोधन जिल्लामै गरिन थालेपछि यातायात र बजारको अभावमा समस्यामा परेका ब्यापारिहरुलाई सहज भएको थियो ।
दाउराबाट चुलाई गरिने प्रशोधन केन्द्रले गर्दा बन जङ्गल मासिएर सखाप हुने अवस्था आएपछि दाउरा इन्धनको बिकल्प खोजि गरि उध्योग संचालन गरिने बताउदै इन्धनको अभावमा प्रशोधन केन्द्र बन्द भएको थियो ।
जिल्लाकै ऐतिहासिक उध्योग बन्द भएको १८ बर्ष बित्तिसकेको छ ।सिँँदरबारको अधिकार गाउँघरमा आईसकेको अवस्था छ ।
पहिला उध्योग संचालनको लागि बैकल्पिक ईन्धनको रुपमा बिद्युतको खोजी गरियो ।उध्योग नजिकै स्थापना भएको हाईड्रो पावरले उध्योग चल्ने अवस्था भएपनि स्थानीय सरकारले उध्योग संचालनको लागि खासै चासो नदेखाएको त्रिपुरा सुन्दरी नगरपालिका १ का पुर्ब गाबिस सचिव कालिप्रसाद खत्रीले बताए ।
जिल्लामै प्रशोधन केन्द्र संचालन हुँदा जडिबुटी पनि खरिद गरिने गरिएकाले थोरै लागनीमा घरमै बसेर जडिबुटीबाट मुनाफा कमाइन्थ्यो तर लामो समय सम्म बन्द उध्योग संचालनमा नआउदा अनेकौ झनझट व्यहोरेर जिल्ला बाहिर जडिबुटी लैजाँदा समस्या पर्ने गरेको जडिबुटी ब्यपारी कन्न बहादुर शाहीले बताए ।
त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले बन्द उध्योग संचालनको लागि अहिले प्रदेश सरकाले५०लाख रुपैया बिनियोजन गरेकोले आबश्यक उपकरण लगायतको ब्यवस्था गरि आर्थिक बर्ष ०७६÷०७७बाट नियमित रुपमा संचालनमा ल्याइने तयारी भईरहेको बताए ।
डोल्पा जिल्लामा ६० हजार टन भन्दा बढी जटामसि उत्पादन हुने गरेको र यसको सहि ब्यवस्थापनको लागि उध्योग संचालनमा ल्याएर प्रशोधन गरिएमा प्रशोधित जटामसिको तेल प्रतिलिटर २५ हजार सम्म मुल्य पर्ने र ब्यापारीहरु समेत उध्योगमै आईपुग्ने भएकाले जडिबुटी संकलक, खरिद कर्ता र ब्यापारिहरुले समेत राम्रो आम्दानी गर्न सक्ने त्रिपुरासुन्दरी नगरपालिका ४ का रामबहादुर बुढाले बताए ।
ज्डिबुटी प्रशोधन केन्द्र जिल्लाकै ऐतिहासिक उध्योग भएको र यसको राम्रोसंग संचालन तथा ब्यवस्थापन गर्न सके नगरले जडिबुटीबाटै लाखौ कर उठाएर आर्थिक सम्बृद्दिको आफुलाई अगाडि बढाउन सक्ने समाजसेवी दिलबहादुर बिष्टले बताए ।





error: Content is protected !!