आर्थिक वर्षमै पुरै जाजरकोट केन्द्रीय विद्युत वल्ने

हेमन्त के सी
काठमाण्डौँ  ,  केन्द्रीय विद्युतको पहुँचमा पुरै जाजरकोट यो आर्थिक वर्षमै हुँने भएको छ । जिल्ला सदरमुकाममा मात्र अहिले केन्द्रीय प्रशारणको विद्युत आपुर्ती हुँदै आएकोमा यो आर्थिक वर्ष भित्र जिल्ला सवै ठाउँमा विद्युतिकरण गर्न लागिएको नेपाल विद्युत प्राविधिकरण जाजरकोटका महेन्द्रवहादुर सिंहले जानकारी दिए ।
अहिले जाजरकोटको भेरी नगरपालिका वडा १३ कुदु सम्म ३३ केभी प्रशारणको विद्युत आपुर्ती हुँदै आएको छ , भने जाजरकोट सदरमुकाम खलंगामा ११ केभी प्रशारणको विद्युत आपर्ती हुँदै आएको सिंहले जानकारी दिए ।
जाजरकोट सदरमुकाम देखि बाहिर रहेका स्थानीय तहमा विद्युतिकरणका लागि टेन्डर भईसकेले लगत्तै काम सुरु हुँने सिंहले बताए । भेरी करिडोर र मध्यपहाडी लोकमार्गका सवै गाउँमा विद्युत सेवा छिटो पुर्याउनका लागि काम सुरु भएको सांसद गणेसप्रसाद बताए । आर्थिक वर्ष २०७५—७६ भित्र काम सम्पन्न गर्नका लागि काम यूद्धस्तरमा भएको उनले जानकारी दिए ।
जाजरकोट वितरण केन्द्र मार्फत शिवालय गाउँपालिकाको छेडाचौर हुँदै मोर्कवजार ,वालुवा , खारा, मनघाट थलह , साना खोला वागमारे सम्म पश्चिम जाजरकोट , पुर्वको नलगाड नगरपालिका ,भेरी नगरपालिका , पश्चिमको छेडागाड नगरपालिका , शिवालय गाउँपालिका , कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा यसै वर्ष विद्युतीकरण गरिने छ ।
त्यस्तै खलंगा ,पाँचकाटिया, ढिमे, चोकमा र नलगाड नगरपालिकाको कालीमटी हुँदै बारेकोट गाउँपालिकाको सक्ला लिम्सामा समेत यसै वर्ष विद्युतीकरण हुँने छ । त्यस्तै पुर्वको भेरी नगरपालिकाको खलंगा , रिम्ना , नलगाड नगरपालिकाको कालीमटी हुँदै चौखा भगवती हुँदै डोल्पा सम्मा विद्युतिकरण काम सुरु भएको छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तरर्गत भेरी नगरपालिकाको कुदु, हुँदै जगतीपुर , स्याउलीवजार, पोखरा , कार्कीगाउँ, झार्पा दशेरा ,सुयाडा सम्म विद्युतीकरणका लागि पलामका आधा भाग सम्म पोल गाडिसकेकोले तार तान्ने काम सुरु गर्ने तयारीमा रहेको सांसद सिंहले जानकारी दिए ।

यि ठाउँको कामका लागि टेन्डर भईसकेकोले काम यूद्धस्तरमा हुँने सांसद सिंहले जानकारी दिए । यो सवै कामका लागि उर्जा मन्त्रालयबाट २८ करोड वजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । गाउँ,गाउँमा यो आर्थिक वर्षमा विद्युतीकरण गर्नका लागि उर्जा मन्त्रालय , बन मन्त्रालयबाट समेत बारम्वार ताकेता भईरहेका सांसद कालीवहादुर मल्लले जानकारी दिए । जिल्लामा उत्पादन भएका साना जलविद्युत आयोजनाहरु अन्य गाउँमा केन्द्रीत गरिने छ ।
सवैमा पहुँचमा विद्युत सेवा विस्तार गर्नका लागि मन्त्रालयको पुरै ध्यान केन्द्रीत भएको बन तथा बातावरण मन्त्री शक्तिवहादुर बस्नेतले जानकारी दिनुभयो । त्यस्तै डोल्पाको मुट्केचुला गाउँपालिका , जगदुला गाउँपालिका , त्रिपुरासुन्दरी नगरपालिका , ठुलीभेरी नगपालिका विद्युतीकरण गर्नका लागि बजेट बिनियोजन भएकोले यसै वर्ष काम सुरु हुँने सांसद सत्य पहाडीले बताईन् ।
यही आर्थिक वर्षमा केन्द्रीय लाईन डोल्पा लिनका लागि भेरी करिडोर सडक खण्ड भित्र काम भएका सडक भित्रका ठाउँमा र आसपासका क्षत्रमा केन्द्रीय लाईन विस्तार हुँने पहाडीको भनाई छ । जुम्ला र जाजरकोटबाट विद्युतीकरणका कामहरु हुँने उनले बताईन् । दशै भित्र डोल्पाको दुनैमा राष्ट्रिय सडक सञ्नालमा जोडिने नेपाली सेना जाजरकोट — डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले जानकारी दिईन् । सडक पुगे लगत्तै डोल्पामा केन्द्रीय लाईन विस्तार गर्न थप सजिलो हुँने नेपाल विद्युत प्राविकरण जाजरकोट वितरण केन्द्रले बताएको छ ।





error: Content is protected !!