संस्कृतिक कार्यक्रम देखि दिपावली सम्म गरी संविधान दिवस मनाईने

सुकमाया थापा
डोल्पा ःयहाँका ८ वटा स्थानीय सरकारका प्रमुख सहित जिल्ला समन्वय समितिको संयोजनमा संविधान दिवस बनाउने निर्णय भएको छ । असोज २,३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस बनाउन लागिएको जिल्ला समन्वय समितिका संयोजक शेरवहादुर वुढाले जानकारी दिनुभयो । सरकारी तथा गैरसरकारी कार्यालय , स्थानीयवासीले दैनिक साँझ दिपावली गरेर संविधान दिवस बनाउने तयारी भएको उहाँले बताउनुभयो । असोज ३ गते विहान नगरपरिक्रमा गरी प्रभातफेरी गरिनुका साथै मन्तव्यका कार्यक्रम समेत रहेको उहाँको भनाई छ । कार्यक्रममा संस्कृतीक कार्यक्रम गर्नका लागि स्थानीय विद्यालयले सहयोग गर्ने बताएको छ ।
यसैगरी जाजरकोटमा पनि जिल्ला समन्वय समितिको संयोजनमा र भेरी नगरपालिकाको समेत सहभागीतामा संविधान दिवस बनाउन लागिएको छ । असोज २ गते विहान ७ वजे शान्ति चौतारमा सरसफाई , ३ गते प्रभातफेरी कार्यक्रम गरी समन्वय समितिको हलमा गएर औपचारिक कार्यक्रम गर्ने बताएको छ । तीनै दिन दिवापली गर्ने पत्रकार महासंघ जाजरकोटका सचिव हेमन्त केसीले जानकारी दिनुभयो ।







