शिक्षकहरुले स्थानीय पाठ्योजना निर्माण गर्नु पर्ने जुम्लाका सरोकारवालाहरुको भनाई

दिलमाया शाही जुम्ला ः स्थानीय आवश्यकतालाई पहिचान गर्दै शिक्षकहरुले स्थानीय पाठ्योजना निर्माण गर्नु पर्ने जुम्लाका सरोकारवालाहरुले बताएका छन,।आज परेको ५२ औँ अन्तराष्ट्रिय साक्षरता तथा ३९ औँ राष्ट्रिय शिक्षा दिवस यस्तो बताएका हुन।“समाजवाद उन्मुख समृद्धराष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार” भन्ने नाराका साथ यो दिवस भब्यताका साथ मनाईएको हो ।

दिवस चन्दननाथ नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाईको आयोजना र किर्डाक नेपाल जुम्लाको सहयोगमा अन्तिरक्रिया कार्यक्रम गरी मनाईएको छ । दिवसमा बोल्ने अधिकांस बक्ताले शैक्षिक रुपान्तरण र गुणस्तरीय शिक्षाको लागि एक हुनु पर्ने भनाई राखेका छन् । चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले शैक्षिक गुणस्तर वृद्धिको नगरपालिकाले शिक्षा कार्यविधि निर्माण गरेको बताउनु भयो । उहाले भन्नुभयो विद्यालयको अनुगमन कार्यलाई प्रभावकारी रुपमा संञ्चालन गरिनु पर्दछ ।कुनै विद्यालयमा शिक्षक धेरै विद्यार्थी कम र कतै विद्यार्थी धेरै शिक्षक भएकाले यसलाई नगरपालिकाले गम्भिर रुपमा हेरेको मेयरले प्रतिक्रिया दिनुभयो उहाले आगामी दिनमा शिक्षा क्षेत्रमा भएका कमीकमजोरीलाई सच्याउँदै सिकाई, बिकाउ र टिकाउ शिक्षा लागु गर्न उहाँले आग्रह गर्नु भएको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले विद्यालय मानिस व्यवस्थापन गर्ने थलो भएकाले असल र योग्य नागरिक उत्पादनमा ध्यान दिन सुझाव दिनु भएको छ । उहाले भन्नुभयो शिक्षकका केहि कुराले विद्यालयमा धेरै कुरा सुधार हुने भएकाले आफ्नो विद्यालय निर्माणमा सक्रिय हुन शिक्षकहरुलाई आग्रह गर्नु भएको छ ।जुम्लामा रहेका केहि विद्यालयमा अनुगमन गर्न जाँदा शिक्षक भेटिए विद्यार्थी नभेटिने र विद्यार्थी भेटिए शिक्षक नभेटिएको अवस्था पाईएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो । उहाले परिक्षा प्रणाली कमजोर देखिएको भन्दै उहाँले शिक्षामा सिन्डिकेट लागु भएको अवगत गराउनु भयो

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख महदेदत्त देवकोटाले शिक्षा क्षेत्रमा परिवर्तन गर्नको लागि शिक्षक नै परिवर्तित हुनु पर्ने बताउनु भयो । विद्यार्थीको सिकाई उपलब्धी वृद्धिमा ध्यान दिन उहाले सुझाव पनि दिनु भएको छ । चन्दननाथ नगरपाकिका प्रमुख प्रसाशकिय अधिकृत शिवराज चौलागाँईले यो देशको उच्च स्थानमा पुगेका व्यक्तिहरु सामुदायिक विद्यालयमा पढेको अवगत गराउनु भयो ।भोलीका दिनमा देशलाई आवश्यक पर्ने योग्य नागरिक उत्पादन गर्ने जिम्मेवारी शिक्षकको हो, उहाँले भन्नुभयो शिक्षक अभिभावक कार्यक्रमलाई जोड दिन सुझाव दिनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा भाग लिदै कर्णाली मावि अनामनगरका प्रधानाध्यापक मीनराज शर्माले साक्षरता दर वृद्धि गर्नको लागि अहिलेबाटै लगानी गर्नु पर्ने बताउनु भयो । नगरपालिकाई शैक्षिक गुणस्तर वृद्धिका लागि अपिल गर्दे उहाँले शिक्षा क्षेत्रमा देखिएको उदासिनता हटाउनु पर्ने राय प्रस्तुत गर्नु भएको थियो । प्रायजसो विद्यालयमा शौचालय, खानेपानीको अवस्था कमजोर भएकाले यसतर्फ समस्या हुने भएको छ चन्दननाथ नमूना माविका प्रधानाध्यापक टंक महतले इच्छा, शक्ति र जागरुकता भएमा जस्तो काम गर्न पनि सकिने बताउनु भयो । उहाँले सामुदायिक विद्यालयलाई हेर्ने नजरमा परिवर्तन गर्न आवश्यक रहेको प्रतिक्रिया दिनुभयो । जुम्लाका अन्य सातवटै स्थानीय तहले छुट्टाछुट्टै कार्यक्रम गरि अन्तराष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवस मनाएका छन् । दिवसका अवसरमा जुम्लाको जनता माध्यामिक प्राविधिक विद्यालय महतले गाउँले तिन लाख नगद र सम्मान पत्र पाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!