जीवनलाई नयाँ आयाम दिन

जीवन जिउने तरिका
तपाईंका आवश्यकताहरू कम गर्नुहोस् । मात्रात्मकभन्दा गुणस्तरलाई प्राथमिकता दिनुहोस् ।
तपाईंको स्वास्थ्य जाँच नियमित रूपमा गर्नुहोस् । तपाईंलाई आफ्नो कुनै रोगका बारेमा जति चाँडो थाहा हुन्छ, उति राम्रो ।
नयाँ बानीको विकास गर्नुहोस् । त्यसले जीवनमा तपाईंलाई धेरै अघिसम्म सक्रिय बनाइराख्नेछ ।
उत्कृष्ट पुस्तकहरू पढ्नुहोस् । त्यसले चिजहरूलाई हेर्न तपाईंको दृष्टिकोणमा परिवर्तन ल्याउनेछ ।
अर्को दिनको योजना अग्रिम बनाउनुहोस् । यसो गर्दा योजनाबद्ध रूपमा काम गर्ने वातावरण बन्छ ।

सिकाइ
तपाईंको भित्री शक्ति पहिचान गर्नुहोस् र त्यसको प्रयोग गर्ने तरिका पत्ता लगाउनुहोस् ।
लिखित वा भाषण कलामा क्षमता विकास गर्नुहोस् । तिनको एकसाथ प्रयोग गर्नु अझ राम्रो हुनेछ ।
प्रत्येक चमकदार चिजको पछि नदौडनुहोस् । त्यसपछि मात्र तपाईं महत्वपूर्ण वस्तु र विचारमा ध्यान केन्द्रित गर्न सक्नुहुनेछ ।
मानिससँग उनीहरूको जीवनको कथा सुन्नुहोस् । तिनीहरूले तपाईंलाई जीवन जिउने पाठ सिकाउनेछन् ।
अरूको गल्ती र मूर्खताबाट सिक्नुहोस् । आफैँले गल्तीहरू गरेर सिक्न जीवन धेरै छोटो छ ।
धन
सबै बिल समयमै चुकाउनुहोस् । आफ्नो पैसा र मानसिक ऊर्जा बचत गर्नुहोस् ।
जति कमाउनुहुन्छ, त्योभन्दा कम खर्च गर्नुहोस् । अरू पैसा बचत गर्ने बानी बसाल्नुहोस् ।
कम समयमा धेरै पैसा कमाउने लालच नगर्नुहोस् । सुनेका तर नदेखेका कुरमा धेरै निश्चित नहुनुहोस् ।
नाता–सम्बन्ध
(मानिसको आदर कमाउनुहोस् । कुनै पनि व्यक्तिले तपाईंलाई विनाकुनै कारण आदर गर्दैन ।
(आफ्नो गल्ती स्वीकार गर्नुहोस् । गल्तीहरू लुकाउँदै जाने गर्नाले विश्वसनीयतामा ह्रास आउँदै जान्छ ।
(सम्बन्धको आदर गर्नुहोस् । सम्बन्धहरू टिकाइराख्नुहोस् र टुट्नबाट बचाउनुहोस् ।




सम्बन्धित समाचार


error: Content is protected !!