दोस्रो पटक संसार देख्न पाउँदा दंग

सुकमाया थापा 

डोल्पा ः ३६ वर्षकै कलिलै उमेरमा आँखाको विरामी भई समस्यमा परेका त्रिपुरासुन्दरी १० डोल्पा दापुका रणवहादुर धरालाले दोस्रो पटक संसार देख्न पाँउदा निकै खुसी भएका छन् ।
उनले आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसक्दा पिडा सहेर वसीरहेका थिए । जव मोतिविन्दुका विरामीको निशुल्क उपचार हुन्छ भन्ने सुनेपछि धराला उपचार स्थलमा पुइपुगे । डाक्टरले उनको आँखाको समस्या थाहा पाई अप्रशेन गरी दोस्रो पटक संसार देख्न पाउँने बनाएपछि धरलाको खुसीले सिमा नै नरहेको बताउनुभयो । यहाँ जस्तै आर्थिक अभावका संसार  देख्न वाट वन्चित यहाँका सयौ स्थानीयले निशुल्क सेवा पाई संसार देख्न पाउँदा खुसी भएका छन् ।
हिमाली जिल्ला डोल्पामा निशुल्क रुपमा आँखाको मोतीविन्दु अप्रेशन भएको छ । तीन दिन सम्म चलेको शिविरमा ६ सय २० जना आँखाका विरामीको उपचार भएको हो ।
मोतिविन्दु अप्रेशन १२४ जना बिरामीको गरिएको छ । शिविरमा ३०८ जना पुरुष र ३१२ जना महिला गरि ६ सय २० जनाको आखा चेकजाच गरीएको नेपाल रेडक्रस डोल्पाले जनाएको छ ।
रोगको बारेमा जानकारी गराई परम्परागत सोच बिचारको अन्त्य गरी नजिकैको स्वास्थ्य चौकीमा गई उपचार गराउन पर्छ भन्ने चेतना उजागर गर्नका लागि यो शिविर सञ्चालन गरिएको डांक्टर शक्ति प्रसाद सुवेदीले जानकारी दिए । डोल्पा जस्तो भुगोलले ठगेको ठाउँमा जुन उदेश्य बोकी आएका थियौ त्यो भन्दा बढि को उपचार गर्न पाउँदा खुसी भएको डाक्टर सुवेदीले बताए ।
मोती बिन्दु रोग बिषेश गरी ४० बर्ष भन्दा माथीका उमेरका मानिसहरुलाइ लाग्ने ,कसैलाइ जन्मजात गुनले,र सुगरका बिरामीहरुलाइ लाग्ने र यसको न्युनिकरण गर्न समय समयमा उपचार गराउनुपर्ने जानकारी गराए ।
मुड्केचुला गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका,शे फोक्शुण्डो गाउँपालिका, छार्का ताङसोङ्ग गाउँपालिकामा मोति बिन्दु शल्याक्रिया छनोट शिविर छनोट गरिएको नेपाल रेडक्रस सोसाइटी डोल्पाका उप सभापति लालिमन बुढाले जानकारी दिए । यो समयमा आँखाको समस्याले पिडित बनेका बिरामीहरु मोति बिन्दु शल्याक्रिया भइ आफु आँखा देख्न पाउदा खुसि भएको बिरामीले बताएका छन ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र नेपाल रेडक्रस सोसाईटी, आँखा अस्पताल सुर्खेतका अर्थिक तथा प्राविधिक सहयोग एवम नेपाल रेड्क्रस सोसाईटी डोल्पाको अयोजनामा भएको मोति बिन्दु शल्यक्रिया आखा शिविर भएको हो । डोल्पामा उपचार नपाएर धेरै व्यक्तिले कलिलै उमेरमा अन्धकारमा वस्नु पर्ने पिडाको अन्त गर्नका लागि यो विशिर सञ्चालन गरिएको सांसद सत्य पहाडीले बताए । अव सवै तिर कोडिनेसन गरेर अर्को दुर्गम ठाउँमा शिविर सञ्चालन गरिने पहाडीले बताए । अव गाउँ , गाउँमा यो शिविर विस्तार गरि आर्थिक अवस्था कम्जोर भएकालाई उपचार गरिने सांसद वीरवहादुर शाहीले बताए । सदरमुकाम आउँन नसक्ने लाई गाउँमै गएर उपचार गरिने उनले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!