कृषि विकास बैंकमा अनलाईन सेवा

जाजरकोट ः –कृषि विकास वंैक लिमिटेड जाजरकोट शाखामा अनलाईन वैंकिङ्ग सेवा संचालनमा आएको छ ।  जाजरकोटमा शाखा स्थापना भएको ४२ वर्षपछि उक्त वैंकले अनलाइन सेवा मार्फत विभिन्न कारोबार गर्न शुरु गरेको हो । कृषिले अन्तराष्ट्रिय बैंकिङ्ग प्रविधी सिबिएस सहितको अनलाईन सेवा संचालनमा ल्याएको छ । कृषि वैंकले अनलाईन मार्फत भिसा डेविड कार्ड, एडीविएल, एसएमएस अर्लट, सी आस्वा, मोवाईल वैंकिङ्ग लगायत सेवा संचालन ल्याएको हो । अनलाईन सेवा स“गै वैंकले कर्जा लगानी, निक्षेप सेवा, विप्रेषण लगायत कारोबार गर्न शुरु गरेको छ ।
कृषि बैंकले अनलाईन सेवाका साथै अन्य सम्पुर्ण वंैकिङ्ग सेवा संचालनमा ल्याएपछि जाजरकोट निक्षेपकर्ता र सेवाग्राही खुशी भएका छन् । सरकारी कारोबार गर्ने एक मात्र बैंक नेपाल वैक लिमिटेड्मा निक्षेप लगायत वैकिङ्ग कारोबार गर्न सास्ती खेप्दै आएका उनीहरु कृषि वैंकमा यस्तो कारोबार संचालनमा आएपछि खुशी भएका हुन् । यस अघि कृषि वैंकले विभिन्न कर्जा र बैंक जमानत कारोबार मात्र गर्दै आएको थियो । कृषि बैंकले जाजरकोट सहित दुई सय २५ शाखामा अनलाईन सेवा संचालन गरेको छ ।
कृषिको क्षेत्रको विकासमा ठुलो भुमिका बोकेको यो वैंकले अन्य क्षेत्रको समृद्धी र विकासका लागि पनि सकृय रहेको प्रमुख कार्यकारी अधिकृत लिलाप्रकास सिटौला भनाई छ । कृषि विकास वैंकको १३ खरब ५० अरब चुक्ता पु“जी, लगानी कर्जा ९६ अरब, २० लाख शेयरधनी, कर्जाग्राही २ लाख र १० लाख निक्षेपकर्ता, दुई सय ७३ शाखा रहेको उहाँको भनाई छ । गत आर्थिक बर्ष बैंकले तीन अरब ६७ करोड मुनाफा आर्जन गरेको उहाँले बताउनुभयो । जाजरकोटका ३ वटा स्थानीय तहमा अबको एक महिना भित्रै शाखा स्थापना गरेर वैंकिङ्ग सेवा संचालन गर्न लागेको सिटौला सिटौलाले बताउनुभयो । कुशे, जुनीचा“दे र बारेकोट गाउपालिकामा सेवा संचालन गर्नका लागि जनशक्ति खटाउने लगायत सम्पुर्ण तयारी भैसकेको उहाँले बताउनुभयो । अन्य वैंकहरु जान नचाहेको दुर्गम स्थानमा कृषि वैंक जान लागेको उहाँको भनाई छ ।
कृषि विकास वैंकले सरल कृषि कर्जा, उद्योग कर्जा, ब्यापार कर्जा, कर्मचारी सेवा, घरयासी कर्जा लगायत ३५ प्ररकारका कर्जा प्रवाह र ६÷७ प्रकारका खाता संचालन गर्ने गरेको जाजरकोट शाखा प्रबन्धक महानन्द चौंलागाईंले बताउनुभयो । जाजरकोट शाखाले गत आबमा १ करोड ३४ लाख मुनाफा आर्जेको उहाँले बताउनुभयो । यस शाखामा बाह्र करोड २० लाख कर्जा लगानी, एक करोड ५० लाख निक्षेप रकम, नौ सय ११ निक्षेपकर्ता र कर्जाग्राही चार सय ७३ रहेको प्रबन्धक चौलागाईंले बताउनुभयो । कृषि विकास सहित जाजरकोटमा सकारी कारोबार गर्ने बैंक दुई पुगेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!