वाढीले पुल र वाटो अवरुद्ध बनाएपछि खाद्यान्न अभाव

कालीप्रसाद थापा
जाजरकोट , वाढी , पहिरोले बाटो र सडक वगाएपछि यहाँका दुर्गम गाउँमा खाद्यान्न अभाव भएको छ ।  करिव दुई हप्ता भन्दा वढी समय देखि अवरुद्ध भएका सडक र घोडेटो बाटो बाट नियमित ढुवानीका काम रोकिएपछि समस्य भएको हो । जिल्लाको बारेकोट गाउँपालिका , नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत सावन अन्तिम तीर नलगाड नगरपालिकाको कालीमटी स्थित झुम्रेखोलामा आएको वाढीले पुल वगाएपछि बारेकोट गाउँपालिकामा जाँने वाटो पुर्ण रुपमा अवरुद्ध भएपछि यहाँका खाद्यान्न अभाव भएको हो ।
त्यस्तै नलगाड नगरपालिका भित्रका मुख्य वजार , कालीमटी ठप्प भएको छ । त्यस्तै कुशेगाउँपालिकाको पाँचकाटिया वजारमा समेत सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्री पठाउँन नसक्दा समस्य भएको हो । पसलमा पहिले नै ढुवानी गरेको दैनिक उपभोग्य वस्तुको मुल्य चर्को रुपमा बढाएको छ । २५ किलो चामललाई १९ सय रुपैयाँमा विक्री हुँदै आएकोमा अहिले वढाएर २२ सय रुपैया सम्म विक्री गर्न थालिएको छ ।
त्यस्तै सवै वस्तुमा मुल्य आकाशिदा समस्य हुँने गरेको बारेकोट गाउँपालिका कालीप्रसाद थापाले जानकारी दिनुभयो । जिल्लाको बारेकोट गाउँपालिकामा सवै भन्दा समस्य परेको छ ।





error: Content is protected !!