आँखाको उपचार शिविर हुँदै

लेख बुढा
डोल्पा ः सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पताल सुर्खेतका अर्थिक तथा प्राविधिक सहयोग एवम नेपाल रेड्क्रस सोसाईटी जिल्ला शाखा डोल्पाको अयोजनामा भएको आखा शिविर विभिन्न ठाउँमा सम्पन्न भएको छ । ठुली भेरी नगरपालीका वडा नं। ११ रहमा भएको आशा शिविरमा आखा चेक गराउन आएका ६२ जना मध्य ५ जनाको मोतिविन्दु भएको भेटिएको छ । त्यस्तै रहमा एक जना बालकमा पनी मोति विन्दु भएको भेटिएको छ ।

यसै विच शेफोक्सुन्डो गाउपालीकाको तापरिजामा भएको एक दिने आखा शिविरमा ४५ जना मध्य ७ जनामा मोतिविन्दु भएको भेटीएको छ । त्रिपुरा सुन्दरी नगरपालीकाको त्रिपुराकोटमा भएको एक दिने आखा शिविरमा १०५ जना मध्य ११ जनामा मोति विन्दु भएको भेटिएको छ ।

त्यस्तै त्रिपुरा सुन्दरी नगरपालीकाको पाहाडामा भएको एक दिने आखा शिविरमा १३८ जना मध्य ११ जनामा मोति विन्दु भएको भेटिएको छ । त्रिपुरा सुन्दरीकै लिकुमा भएको एक दिने आखा शिविरमा १४० जना मध्य १८ जनामा मोति विन्दु भएको भेटिएको छ भने मुड्केचुलाको इलामा भएको एक दिने आखा शिविरमा १३० जना मध्य १० जनामा मोति विन्दु भएको भेटिएको सुर्खेत आखा अस्पतालका नेत्रसाहायक अरुन कुमार गुप्ताले जानकारी दिनु भएको छ ।
जिल्लाका अन्य ठाउँमा आखा शिविर भै सकेको र मोती विन्दु भएकालाई यहि भाद्र १४,१५ र १६ गते जिल्ला अस्पताल डोल्पामा अप्रेशन गरिने नेत्र सहायक गुप्ताले बताउनु भएको हाम्रा सहकर्मी रुपलाल बोहोराले रहबाट जानकारी दिनु भएको छ ।





error: Content is protected !!