डोल्पामा भेरीगोठ भत्कीदा २५ वटा भेडा,बाख्रा मरे ४ लाख बराबरको क्षती

लेख बहादुर बुढा,डोल्पा 
एक हप्ता देखि परेको लगातारको बर्षाको कारण सोमबार राती भेडीगोठ भत्कीदा २५ वटा भेडा बाख्रा मरेका छन् भने ९ वटा घाईते भएका छन ।
डोल्पाका ठुलीभेरी नगरपालीका वडा नं. ११ रहँ का कर्ण प्रसाद कार्कीको मुगारा भन्ने ठाउँमा सोमबार राती उक्त भेडीगोठ भत्कीएको हो । ६० वटा भेडा बाख्रा हुलेको उक्त भेडीगोठ भत्कीदा ४ लाख बराबरको क्षेती भएको स्थानिय बासिन्दा बम बहादुर कार्कीले बताउनु भएको ।
२५ वटा भेडा बाख्रा थिचिएर मरेको ९ वटा घाईते भएको मर्नेमा सवै ठुलोठुलो खसीहरु मात्र भएकोेले करिव ४ लाख बराबरको क्षेती भएको जनाईएको छ । सोमबार राति करिव ११ बजे तिर उक्त गोठ भत्कीएको हो ।
यस्तै ठुलीभेरी नगरपालीका वडा नं. ११ साविको रहँ गाविस को रह गाउँ माथिबाट भिर भत्कने सँम्भावना देखिएकोले रहँ गाउपुरै उच्च जोखीममा रहेकोे छ ।







