सहकारी विधेयकका चौरजहारीमा सुझाव संकलन

ज्ञानु गौतम रुकुम 
कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिद्धारा चौरजहारी नगरपालीकामा आज सरोकारवाला विचमा विधेयक निमार्णका लागि सुझाव संकलन गरिएको हो । सुझाव संकलन कार्यक्रममा सहभागी सहकारी कर्मीहरुले विद्यालयमा सहकारी शिक्षा लाई अनिवार्य गरिनुपर्ने सुझाव दिएका छन् ।
कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको आयोजना तथा भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वय र युएनडिपिको सहर्कायमा कर्णाली प्रदेशको सहकारी विधेयक २०७५को लागी जिल्लामा पुगेर सरोकारवालाको सुझाव लिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कर्णाली प्रदेशमा सहकारी विधेयक निमार्णका लागि पहिलो पटक सुझाव संकलन गरिएको छ । पाँच वटा जिल्लाका सहभागीहरु लाई पाँच वाट समुहमा विभाजन गरी सुझाब संकलन गरीएको छ । समुह गृहकार्य गरेर प्रत्येक समुहका तर्फवाट सुझाव प्रस्तुत गर्न समुह विभाजन गरिएको समितिका सदस्य सांसद शुसिल कुमार थापाले बताउनुभयो । सहभागीहरुका विचमा सहकारी विज्ञ सुर्दशन ढकालले विधेयकलाई सहजीकरण गरिरहनुभएको छ ।
कार्यक्रममा प्रदेश सभाका सांसदहरु राजु नेपाली, गोपाल शर्मा,शुसिलकुमार थापा, पदमा खड्का, देवि वलि,यज्ञ वहादुर विसी र कौशिल्यवति खत्रीको सहभागीता रहेको थियो । कार्यक्रममा चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माले चौरजहारी ठुलो संख्यामा सांसदहरु आएर स्वागतगर्ने अबसर दिएकोमा धन्यबाद दिनु भएको थियो । कार्यक्रम चौरजहारी नगरपालिकाको सभाहलमा भएको थियो ।







