गरिब परिचयपत्र लिन लुछातानी ,गोविचन्द्रले आफ्नो हातमा परेको परिचय पत्र फिर्ता गरे !

दिलमाया शाही ः जुम्ला पातारासी गाँउपालिका ६ उर्थुका गोविचन्द्र विष्टले गरिब घरपरिवार परिचय पत्र फिर्ता गर्नु भएको छ । बास्तविक गरिबले पाउनु पर्ने परिचय पत्र आफुले पाएको भन्दै उहाँले फिर्ता गर्नु भएको हो । विष्ट भन्नु हुन्छ, आफु गरिबमा नपर्ने मान्छे हुँ ! तर राज्यले किन गरिबलाई धनी र धनीलाई गरिब बनाउदै परिचय पत्र वितरण गर्न थालेको छ, यसमा सबैले बुझ्न आवश्यक रहेको उहाँले बताउनुभयो । आफुलाई साँझ विहान खानाको लागि कुनै समस्या छैन, तर मलाई किन गरिबको दर्जा दिइयो । तर, बास्तविक गरिबहरु रोही रहेका छन् । उनिहरुको मर्का कसले बुझिदिने , भन्दै सरकारलाई उहाले प्रश्नै प्रश्न गर्नु भएको थियो । पुण्य कमाउन लाखौँ रुपैया खर्च गरेर ठुल्ठुला धार्मिक स्थलमा जानु पर्दैन तर गरिबको मुखको माड नखोसि दिएमा पुण्य आफै कमाइने विष्टले बताउनु भयो।

धनीमानीले गरिबको परिचय पत्र बोक्नु भोली भष्ट्चारी हुनु जस्तै हो । कुनै वेला गरिबको सम्पती विवरण सरकारले माग्यो भने धनीले सम्पती विवरण कसरी देखाउलान र भएको सम्पति कहाँ लुकाउलान भन्नेमा आफुलाई चिन्ता लाग्ने विष्टले बताउनु भयो । यो कुरामा पनि ढुक्क भए हुन्छ एक दिन गरिबको परिचय पत्र पाएका सबैको सरकारले सम्पति विवरण माग्ने छ र गरिबको आधार भन्दा बढी धन सम्पति हुनेले सबै सरकारलाई बुझाउनु पर्ने दिन पनि पक्का आउन सक्ने विष्टले सुनाउनुभयो । गरिबको अधिकारलाई गुम्रामा राखि धनी मानीकै हाली मुहालीले आज गरिबको परिचय पत्र धनीले पाउने र राज्यले विपन्न र सर्वहराका लागि दिने सौलियतलाई धनीकै मुखमा पार्ने राज्यको नीति देखि दिक्क लाग्ने विष्टको भनाइ छ । आफुले पाएको परिचय पत्र फिर्ता गर्दै विष्टले भन्नुभयो ? परिचय पत्रको महत्व र आवश्यकतालाई पत्ता लगाई मात्र वितरण गरियोस । जुम्लाका प्रया स्थानीय तहमा गरिब घर परिवार परिचय पत्रका विषयमा चर्काे आलोचना भैरहेको भएपनि कतै वितरण कार्य जारी रहेको छ भने कतै उचित छानविन पछि मात्र वितरण गर्ने भन्दै बन्द गरिएको छ ।

सायद परिचय पत्र पाएर फिर्ता गर्ने महान विचार भएका पातारासीका केही नागरिक मध्ये एक हुन गोविचन्द्र विष्टले जो आफ्नो हातमा परेको परिचय पत्र फिर्ता गर्दै बास्तविक गरिबलाई वितरण गर्नु पर्ने माग गर्दै आउनु भएको छ ।पातारासी गाउँपालिका भरी गरिब घरपरिवारको परिचय पत्र पाउनेको सख्ंया १ हजार ७० छ त्यो मध्ये वडा नं. ६ उर्थु्रमा मात्र ७३ जना रहेका छन् । गरिबले पाउनु पर्ने परिचय पत्र धनीले पाएको भन्दै चर्काे विरोध भएपनि स्थानीय तहले त्यसको सुनुवाई नगरि सूचीमा परेका सबैलाई परिचय पत्र दिने काम गरिरहेको छ । यसले गर्दा भविष्यमा बास्तविक गरिब भन्दा पनि उहि धनी मानीकै मुखमा गरिबको लागी आएको अवसर जाने देखिएको छ । जनता आवास कार्यक्रम अन्र्तगत एउटा घर बनाउने जग्गा नपाएका गरिबलाई राज्यले धनीको विल्ला भिडाएको छ ।

करिब ५÷६ वर्ष अगाडी गरिबहरुको तथ्याङ्क संकलनको आधारमा अहिले परिचय पत्र वितरण गरिदा परिचय पत्र वितरणमा समस्या देखिएको हो । यता जुम्लाका सबै स्थानीय तहका गरिबहरुले परिचय पत्र पाउने नाम सूचीमा परेकाहरुका सम्पति विवरण हेरी छानविन गर्न माग गरिरहेका छन् ।





error: Content is protected !!