खोलाले बगाएर एकै दिनमा दुईको मृत्यू

जाजरकोट , जाजरकोटमा एकै दिनमा दुई जना लाई खोलाले वगाएर मृत्यू भएको छ । जाजरकोट जुनिचाँदे गाउँपालिका ४ लुहादह ६ वर्षीय महेश चदाराको खोलाले बगाएर मृत्यू भएको छ । अभिभावक संग घरबाट कोर्ताङ् जाने क्रममा बडा खोलाले बगाई मृत्यू भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । भेरी नगरपालिका वडा १ डौरीकाँडाकी १५ वर्षीय पुष्पा चदाराको मिलमा मकै पिसाउन जाने क्रममो दारखोला तर्ने क्रममा खोलाले बगाई मृत्यू भएको छ ।










