डोल्पामा ढुङ्गा लागेर घाईते

लेख बहादुर बुढा डोल्पा 
प्राकृतिक प्रकोप बढ्दै गएको महसुस डोल्पालीहरुले गरेका छन् । अविरल वर्षाकै कारण आफ्नो घरबाट घट्ट पिस्नका लागि गल्ली खोला तर्फ जादै गरेको बेला माथिबाट आएको ढंगा लागेर त्रिपुराकोटकी १ महिला घाइते हुनु भएको छ ।
घट्ट जाने क्रममा गल्ली खोलाको माथिबाट ढुङ्गा आएर त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीकी ५२ वर्षीय लालमती नेवार गम्भिर घाइते भएको उक्त वडाका टिकादत्त न्यौपानेले जानकारी दिनु भयो ।
उहाँका अनुसार उनी आफ्नो घर रल्लीबाट मकै पिस्नका लागि घट्टतीर जांदै गरेको बेला माथिबाट लडेर आएको ढुङ्गा लागेर नेवार गम्भिर घाइते भएकीले उनलाई उपचारका लागि शुक्रवारै नेपालगञ्ज लगिएको छ ।
उनको खुट्टा भांचिएको बताइएको छ भने अन्य भागमा पनि घाउचोट लागेको छ । घाईतेको नेपालगन्जको वईष्टन हस्पीटन एन्ड रिसर्ज सेन्टर मा उपचार भैरहेको टिका दन्त न्यौपानेले जनाकारी दिनु भएको छ ।










