जिल्ला प्रशासन कार्यालय जुम्ला नेतृत्वको सरकारी टोली बडिमालिका

दिलमाया शाही ः जुम्ला , तत्कालिन जुम्ला राज्य र डोटी राज्यद्धारा संयुक्त रुपमा पुजा गर्ने प्रचलन अनुसार जुम्लावाट पुजा आजाको डोली सहित जिल्ला प्रशासन कार्यालय जुम्लाका कर्मचारी नेतृत्वको टोली बडिमालिका तर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायव सुब्बा बिष्णु बहादुर महत नेतृत्वको ५जनाको टोली र भक्तालुहरु त्यस तर्फ प्रस्थान गरेका हुन ।
वडिमालिकामा टोली प्रस्थान गर्नु पुर्व जिल्ला प्र
शासन कार्यालय अगाडी रहेको दरवार मालिकाको पुजाआज गरिएको थियो । नेपाली सेनाको एक टुकुटीले वटुक भैरवनाथ, चन्दननाथ वावा र दरवार मालिकाको सलामी अर्पण पछि टोलीलाई विदाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय भित्र रहेको वडिमालिका माईको मन्दिरमा पुजाआजा गरेपछि नेपालि सेना र ससस्त्रप्रहरीद्धारा सलामी अर्पण गरिएको थियो ।
नाग पञ्चिमीका दिनमा वडिमालिका तर्फ प्रस्थान गर्ने परम्परा अनुसार जुम्लाको टोलि त्यस तर्फ प्रस्थान गरेको सस्कृति सम्वन्धी जानकार रमानन्द आचार्यले जानकारी दिनु भएको छ । बिहीबार प्रस्थान गरेको टोली १८ दिनको पैदल यात्रापछि बडिमालिकामा पुगेर पुजा आजा गरेर खलंगामै फर्कने चलन छ । परम्परा देखि अञ्चलाधिस कार्यालयको माताहातमा चालिआएको पुजाआजा कार्यक्रम अहिले जिल्ला प्रशासन कार्यालयको माताहातमा चल्दैआएको छ ।
जुम्लाका दर्शनालुहरुका अनुसार वढिमालिका माईको पुजा आजा गरेर मनको ईच्छा पुरा हुने धार्मिक विश्वास रहि आएको छ । आज विहान वडिमालिका माई र चन्दननाथ भैरवनाथको मन्दिरमा पुजाआजा गरिएको हो । जिल्ला प्र्शासन कार्यालय जुम्ला अगाडी रहेको दरवार मालिकाको मन्दिर वाट कृष्णमन्दीर परिक्रमा गरी जिल्ला प्रहरी कार्यालयमा गएर नेपाली सेना नेपाल प्रहरीको सलामी पछि टोलि वडिमालिका गएको हो । टोलीलाई प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल र नेपाली सेना , शसस्त्र प्हरी लगायतका सरकारी प््रमुख, राजनैतिक दल, र स्थानियले अक्षता र ध्वजा पतका दिएर विदाई गरका छन। तत्कालिन बडा हाकिमको नेतृत्वमा वडिमालिका जाने चलन थियो । उक्त टोली कृष्ण अष्टमीको अघिल्लो दिनमा फर्किएपछि भोलिपल्ट लाख्य काट्ने चलन छ । विदाई गर्न आएका स्थानियले आफ्नो मनको ईच्छा पुरा हुने आशमा अक्षता नासो पठाउन्े गर्दछन । हजारौको संख्यामा विदाई गर्न आएकाहरुले टोलीको यात्रा सफल हुनुको साथै जुम्लाका सम्पुर्ण काममा सफलता मिल्ने कामना गर्ने गर्दछन । जुम्लावाट लिएको अक्षेता, फुलपाती वडिमालिकामा लिएर चढाईन्छ ।
आईतवार दिउसो हिडेको टोली तातेपानीमा वस्छ । जिल्ला प्रशासन कायालय जुम्लाको नेतृत्वमा वषको एक पटक भगवतिको दर्शन गर्न जाने परम्परा रहिआएको छ । सो अवसरमा नेपाली सेनाको सिद्धिबक्स गणबाट आएको टोली र जिल्ला प्रहरी कार्यालयबाट आएको टोली र सशस्त्र प्रहरी वलको टोलीले बाजागाजा सहित निशान भगवती, चन्दननाथ, भैरवनाथ र बडिमालिका माईलाई बेण्ड बाजा, डोल बजाएर बिगुल फुकेका थिए ।
जिल्ला प्रसाशन कार्यालय जुम्लाको प्रागणबाट शुरु भएको टोलि जुम्ला बजार परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेर अन्तिम सलामी अर्पण पछि नेपाली सेनाको टोली फर्किएको थियो । बडि मालिका भगवतीको लागि जिल्ला प्रसासन कार्यालय जुम्लाबाट वर्षको एक पटक गहना बनाएर पठाउने गरिन्छ । यस पटक पनि भगवतीको लागी सुनको टिका, चाँदीको बिनायो, चाँदीको मुरुली, चाँदीको काँगियो र चाँदीको छत्र बनाएर पठाएको जिल्ला प्रशासन कार्यालयले जनाइएको छ ।
सबै सामग्री भगवतीलाई चढाए पछि मात्रै चन्दननाथ मन्दिरमा ल्याएर चढाउने गरिन्छ । त्यस्तै सोहि अवसरमा खलंगामा लाख्य नचाइएको छ।वडिमालिकाको डोली पठाउनको लागि गाउँ गाउँ वाट दर्शनालुहरु खलंगामा आएका थिए ।










