पुल , घर सहित सयौ मुरीका खेत वगायो , एक जनाको मृत्यू

हेमन्त के सी 

जाजरकोट, ३० साउन यहाँको नलगाड नगरपालिका २, ३ र ४ विचमा वाढीका करण करोडौँको क्षति भएको छ । स्थानीय झुप्रा खोलामा आएको बाढीले ४ घर सहित दुई वटा पुल समेत वगाउनुका साथै सयौं रापेनी खेत बगाएको छ ।
बाढीले स्थानीयका घर, १५ वटा घुम्ती पसल, ४ मिल, ५५ घट्ट, २ वटा ट्रस ब्रिज पुल सहित सयौं रोपनी धान रोपेको खेत बगाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकवहादुर रावलले बताउनुभयो । मंगलबार राति आएको बाढीले नलगाड नगरपालिका ३, घुवाराका गोकर्ण चन्द, धनबहादुर रावल, वडा नं ५ का खीमलाल जैसी र वडा नं २ का कौशीवहादुर विष्टको घर सहित जग्गा वगाएको छ । वडा ३ का वडा अध्यक्ष प्रचण्ड ओलीको मिल , जग्गा वाढीले वगाएको छ । त्यस्तै बाढीले नलगाड ३ र ४ जोड्ने घुवारामा रहेको ट्रस ब्रिज पुल , वडा नं २ र ५ जोड्ने कालीमाटीस्थित ट्रस ब्रिजपुल पनि बगाएको नगरप्रमुख टेकबहादुर रावलले बताए । झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विकको सहित २ वटा मिल बगाएको रावलले बताए । उक्त खोलामा आएको बाढीले नलगाड ३ को साङट् खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेत लगाएत सयौं रोपनी खेत बगाएको उनले बताए ।
खोलाले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्ली लगायत स्थान तर्फको आवतजावत पूर्णरुपमा बन्द भएको स्थानीय राववले बताए । बाढीले अन्य जग्गा जमिन लगायत क्षति गर्ने क्रम बढेको र उक्त बाढीका कारण छेप्का र कालीमाठीबजार जोखिममा परेको उनको भनाइ छ । बाढीका कारण यस क्षेत्रका ७० बढी घरपरिवार विस्थापित भएको उहाँले बताए । वडा ८ वगारामा वाढीका कारण ५ घर ढुवानमा परेका छन् । त्यस्तै पंञ्च भयार माविको भवण पहिरोले पुरेको छ । त्यहाँ रहेका सोलार , कार्यालयका कागजात समेत नष्ट भएका छन् । नलगाड नगरपालिका वडा ७ दानीपिपल खोलाले वगाएर वुधबार विहान ३९ वर्षीय उमेशवहादुर शाहीको मृत्यू भएको नलगाड नगरपालिकाको नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिए । खोलामा आएको वाढीले झण्डै ५० मिटर तल पुर्याएपछि स्थानीयहरुले शाहीको उद्धार गरेका गरेको रावलले बताए । खालामै शाहीको मृत्यू भइसकेको उहाँले बताए ।












