कर्णाली प्रदेश संग जोडिएन जुम्लाको हवाई मार्ग

दिलमाया शाही जुम्ला
कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म हवाइ सेवा सुरु हुने भनिएपनि सञ्चालन हुन सकेको छैन । सुर्खेत जुम्ला हवाइ सेवा सञ्चालन हुने भएपछि सजिलो हुने विश्वास गरिए पनि हवाइ सेवा सञ्चालनमा नआएपछि वर्षाको समयमा सास्ती खेप्नु परेको जुम्लाबासीको गुनासो रहेको छ ।
जुम्लाबासीलाई अहिले सुर्खेत जानको लागि पहिले नेपालगञ्ज पुग्नु पर्ने वाध्यता छ । कर्णाली प्रदेशले कर्णालीका दुर्गम जिल्लामा हवाई सेवाले जोड्न नसकेको भन्दै स्थानीयले दुखब्यक्त गरेका छन् । जुम्लाका युवा अगुवा लक्ष्मण शाहीले हवाई यातायात सेवा सञ्चालनका लागि अनुकुलता हुदाहुदै पनि प्रदेश सरकारले काम गर्न नखोज्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।
वर्षाका कारण कर्णाली राजमार्गमा पहिरो जान सक्ने खतरा भएकाले जुम्लाका नागरिकको रोजाइ हवाई यातायात नै रहेको थियो । तर जुम्लीबासीलाई सुर्खेतमा कामकाज गर्नकै लागि नेपालगञ्ज पुग्नु पर्ने वाध्यता हटेको छैन ।










