यसरी सुरु भयो नगरपालिकामा विवाद

सल्यान । बनगाड कुपिण्डे नगरपालिकामा आर्थिक वर्ष २०७५र०७६ को बजेट प्रस्तुतको विषयलाई लिएर नगरपालिकाको कार्यपालिकाको बैठकमा विवाद सुरु भएको छ । नगर प्रमुख र उपप्रमुख सहित वडा अध्यक्ष , कार्यपालिका सदस्यहरुको विवाद चर्किएर सतहमा आएको छ । नगर कार्यपालिका जम्मा २२ जना मध्य, नगर प्रमुख गोविन्द कुमार पुन सहित ५ जना एकातिर छन । भने उप प्रमुखको मन्जु यरि सहित तीन तिहाई कार्यपालिका सदस्य अर्को तिर छन । कार्यपालिकाको बैठक बिगत असार २७ गते देखि साउन २ गते सम्म एक हप्ता लामो बैठक बसे पनि बजेट बिनियोजनको विषयमा लिएर सहमति हुना नसक्दा नगर प्रमुख र उप प्रमुख दुबै जनाले छुट्टाछुट्टै बजेट कार्यपालिकाको बैठकमा प्रस्तुत गरेका छन ।
प्रस्तुत गरेको बजेट आआफनै अडानका कारण सहमी हुना नसक्दा अहिले विवाद सडकमा परिण्त भएको छ । आज बिहान ९ बजे नगर उप प्रमुख मन्जु यरिको नेतृत्वमा बहुमत कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलनद्धारा जानकारी दिएका छन । प्रेस विज्ञप्तिमा भनिएको छ । यस बनगाड कुपिण्डे नगरपालिकामा समग्र विकास, समृद्धि , सुशासन प्राप्तिको लागि हामी जनप्रतिनिधिहरु अवरात्र खटिरहेको कुरा सर्वबितितै छ । तर नगरपालिका प्रमुख गोविन्द कुमार पुनले आफू शुसी नगरपालिका सन्चालन गर्ने खोजिएको जनतालाई अन्याय मात्र भएको छैन कि जनताको चाहना माथि नै कुठाराघात भएको छ । विज्ञप्तिमा भनिएको छ ।हाम्रो आग्रह लाई नगर प्रमुख पुनले वेवास्ता मात्र गर्नु भएनाकी नगरपालिकामा नै गम्भीर प्रकृतिको गतिविधिहरु समेत गर्नु भएको छ । यस नगरपालिकालाई समृद्धिको यात्रामा अगाडि बढाउने क्रममा हामिले यस नगर प्रमुख पुनलाई पटकपटक आग्रह गर्दा पनि हुकुमी शासन गलत निहेतका र नेपालको प्रचलित ऎन कानुनको वर खिलाप गर्दै मनोमानी गरेको विज्ञप्तिमा आरोप लगाएको छ । १७ जना नगर कार्यपालिका सदस्यहरुको सयुत हस्तान्तरण गर्दै १३ बुद्धे प्रेस विज्ञप्ति निकालिएको छ ।
१ नेपाल सरकारले कार्यलय व्यवस्थापन गर्न दिएको रु १ करोड रकमको कमसल खालको सामान खरिद गरि आर्थिक चलखेल गरेको र हाल सम्म पनि खर्च विवरण पारदर्शीरुमा पेश नगरेको ।
२ आर्थिक वर्ष २०७४र०७५ को आयव्यय विवरण प्रस्तुत गर्न नचाहेको र कार्य सम्पन्न भएका योजनहरुको भुक्तानी रोकेको ।
३ प्रथम नगर सभा २०७४र०७५ ले प्राप्त गरेको विनियोजन बजेट कार्यन्वयनको प्रक्रियामा नै नलगी दोश्रो नगर सभाको आयोजना गरेर मनोमानी रकम वाडफाड गरेर कतिपय योजनामा नगर उप प्रमुखलाई दवावमा राखी आफैले समेत अनुगमन समितिको ठाउँमा हस्तक्षर गरि योजनाको भुक्तानी दिएको ।
४ प्रवदनात्मक क्षेत्रमा ९लक्षित वर्गलाई० विनियोजन गरेको बजेट कार्यपालिकाको निर्णय विपरीत गैर सरकारी सस्थालाई मनोमानी वाडफाड गरि ठुलो आर्थिक चलखेल गरेको ।
५ कार्यपालिकाको निर्णय विपरीत नगरमा कर्मचारी भर्ती गरेको ।
६ म्एच् को नाम्मा आर्थिक चलखेल गरेको गरेको।
७ नेपाल सरकारले देशभरीका स्थानीय तहमा २०७५ असार १० गते सम्म नगर सभा गरि सकने निर्णय विपरीत हाल सम्म पनि नगर सभा नगरेको र हरेक बैठकमा कृर्ते माइनुट गराउने गरेको र कार्यपालिकाको बैठकमा प्रस्ताव र छलफल नै नगराएर आफू सुखी निर्णय गर्ने गरेको ।
८ उप प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको क्षेत्रा अधिकारमा हस्तक्षेप गरि हुकुमी शासन चलाउनुको साथै जनप्रतिनिधिहरुले प्रती अभद्र व्यवहार गर्ने र धमकाउने थरकाउने गरेको ।
९ आ व २०७५र०७६ को प्रस्तावित वजेट अधिकार क्षेत्र बाहिर बाट पक्षपात पुर्ण रूपमा आफुखुसी वजेट ल्याएको ।
१० नगर शिक्षा समिति कार्यपालिकाको बैठकमा छलफल र निर्णय नगराई आफुखुसी गठन गरेको ।
११ सार्वजनिक सुनुवाइ सार्वजनिक खुल्ला स्थानमा गर्न आग्रह गर्दा पनि नगरेको ।
१० नगरपालिकाले गाडी भाडामा लिदा टेन्डर आव्हान नगरी आफू खुसी आफ्नो गाडी भाडामा लिइ मोटो रकम लिएको ।
१३ जिल्ला र केन्द्र बाट आएको योजनाहरु आफू अनुकुलताका समितिहरु नभएको भनि उपभोक्ताहरुलाइ कुटपिट समेत गर्न लगाइ योजना फ्रीज गराएको । लगाएतको १३ वुद्धे आरोप लगाएको छ । पत्रकार सम्मेलनमा अबको कहि दिनमै नगर कार्यपालिकाको बहुमत सदस्यहरुको बैठकले नगर सभा बोलाएर बजेट प्रस्तुत गरिने नगर उप प्रमुख मन्जु यरिले जानकारी दिनु भएको छ । नगर बैठकमा सधै नगर प्रमुखले आफू लगाएत अन्य कार्यपालिका सदस्यहरुलाइ सधै अप शब्द प्रयोग गरेको पनि आरोप लगाउनु भएको छ ।

विज्ञप्तिको अन्तमा भनिएको छ । माथी उल्लेखित गतिविधिहरु नगर प्रमुखले नसच्याय हामि जनप्रतिनिधिहरु जनताको चाहाना पूरा गर्न संघर्षको माध्यमबाट जनतामा जान बाध्री हुने छौ भनिएको छ । साथै जनताको पक्षमा उठाएका मागहरु पूरा गर्ने आम जनसमुदायले हामिलाइ साथ दिनु हुने छ । भन्ने आशावादी छौ भनिएको छ ।





error: Content is protected !!