चौरजहारी नगरपालिकामा ५ जनाको घर ढल्यो

ज्ञानु गौतम

रुकुम २ रचौरजहारी , चौरजहारी नगरपालिमा ५ वटा घर भत्किएका छन् । मंगलबार रातिदेखि लगातार परेको पानी पर्दा वडा न। १ को पुरानो बजार स्थित ५ वटा घर भत्किएका हुन् ।

सडकको नालि फुटेर पानी घर भित्र घर भत्किएका हुन् । घर पुर्ण रुपमा क्षति भएको छ भने बाँकी ७ वटा घर पनि जोखिममा परेका छन् । स्थानीय यज्ञश्वर बिक , तिलक बिष्ट , खिमबहादुर सुनार , गोपाल बहादुर नेपाली र धर्मबहादुर नेपालीको घर भत्किएको छ । स्थानीय रामबहादुर बुढाथोकी , सदाम हुसेन , केशव सुनार , शर्माप्रसाद शर्मा , राजु आचार्य , रत्नबहादुर गोसाई र नसिर अन्सारीका घर पनि जोखिममा इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक प्रकाशचन्द गुप्ता ले बताउनुभयो । उहाँका अनुसार प्रहरी र स्थानियको सहयोगमा मानवीय क्षति भने हुन् सकेन् ।

पिडित यज्ञश्वर बिकले सहरि बिकास कार्यालयले पक्कि काम नगर्दा नालि फुटेर क्षति हुन् पुगेको बताउनुभयो । उहाँले नालि बनाएको ५ महिना नबित्दै नालि फुटेर यस्तो भएको लगाउनुभएको छ । अहिले नेपाली सेना , नेपाल र स्थानीयले पुरिएको समानको उद्दार गरिरहेका छन् ।





error: Content is protected !!