जाजरकोट भित्रने र बाहिरने यातायात सेवा ठप्प

जाजरकोट , (रासस)ः यहाँको सदरमुकाम खलंगाबाट देशका विभिन्न ठाउँमा जाँने र आउँने सावरी साधनहरु वन्द भएका छन् ।भेरी नगरपालिकाको पासागाड खोलामा पानीको मात्रा वढेको र भेरी नगरपालिका वडा ४ अस्थायी प्रहरी कार्यालय नजिक पहिरोले सडक भत्किएपछि यातायात सेवा पुर्ण रुपमा ठप्प भएको जाजरकोट प्रहरी प्रमुख रविन्द्रवहादुर सिंहले राससलाई जानकारी दिनुभयो ।
नेपालगन्ज र सर्खेतका बाट आएका यातायातका साधनहरु मटेलामा रोकिएका छन् । खलंगाबाट बाहिरिने यातायाताका साधनहरु शान्तिचौतारामा रोकिएको छ । खलंगाबाट रिम्ना जाँने सडक अन्तरर्गत नयाँ सडकमा पहिरोको जोखिम वढेपछि हलुका सवारी साधन मात्र जान र आउँन दिईएको छ । बढी तौल भएका यातायातका साधनहरु सञ्चालनमा रोक लगाएको छ । त्यस्तै जिल्लाका आन्तरिक सडकहरु पनि ठप्प भएका छन् । वुधबार विहानै देखि परेको अविरल बर्षा अहिले सम्म रोकिएको छैन् । खलंगा देखि पाँचकाटिया सम्मको सडक समेत अवरुद्ध भएको छ ।
त्यस्तै मध्यपहाडी लोकमार्ग अन्तरर्गत कुदु देखि कार्कीगाउँ सम्मको सडक समेत अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले काम गर्न समस्य भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । पहिरो पन्छ्याउन समेत वजेटको अभाव हुँदा थप समस्य भएको उहाँको भनाई छ ।










