अफगानिस्तानमा ६२ तालिबान र नौ प्रहरी मारिए

 

गत २४ घण्टाभित्र भएका यस कारबाहीमा यी आतङ्ककारी मारिएका सेनाका प्रवक्ता यहया आलाभीले मङ्गलबार एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

कान्दाहार प्रान्तको मारोफ जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्षित गरी सो कारबाही गरिएको आलाभीले थप जानकारी दिनुभएको छ ।

कारबाहीको क्रममा कान्दाहार प्रान्तको आर्घिस्तान जिल्लामा आतङ्ककारी र सुरक्षाबलबीच सोमबार राति भएको झडपमा परी नौ जना प्रहरी पनि मारिएका छन् ।

यहँको प्रान्तीय गभर्नरका प्रवक्ता दाउद आमेदीले सो कुराको जानकारी दिनुभएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!