स्थानीय सरकार सञ्चालन गर्न तालिम

ज्ञानु गौतम , रुकुम
स्थानीय जनप्रतिनिधि र वडा सचिबहरु लाई स्थानीय सरकार संचालन सम्बन्धि दूई दिने अभिमुखीकरण तालिम आईतबार चौरजहारी नगरपालिकाको सभाहलमा समपन्न भएको छ ।

कार्यक्रमलाई समापन गदै चौरजहारी नगरपालिकाका उप प्रमुख राधा रोकाले नगरलाई कसरी राम्रो बनाउने र जनताले अपेक्षा गरे अनुसार विकासका कार्यक्रमहरूलाई सबै जनप्रतिनिधिहरु एक जुट भई अगाडि बढाउनु पर्ने बताउनु भयो । उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर अगाडि बढेमा नगरपालिका नमुना बन्ने बताउनु भयो ।

नेपालको संघीय ब्यबस्था प्रणाली अन्तरगत संघ ,प्रदेश र स्थानीय तह को ऐन कानुन र अन्तर सम्बन्ध तथा स्थानीय तहका पदाधिकारीको काम कर्तव्य र अधिकारको बारेमा जानकारी गराउने उदेश्यले जिल्ला समन्वय समिति रुकुम पश्चिमको आयोजनमा भएको तालिममा सहभागी जनप्रतिनिधि र वडा सचिबहरुलाई चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप सुनार , जिससका कार्यकारी सचिब तथा सुचना अधिकारी ललित बहादुर बुढा मगर, संघिय बिकास केन्द्र नेपाल रुकुमका शैक्षिक अनुसन्धान परार्मशदाता गोर्कण खड्का, लोक बहादुर खत्रिले प्रशिक्षण दिनु भएको थियो ।

तालिममा १४ वटै वडाका जनप्रतिनिधि वडा सचिबहरुको सहभागीता रहेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!