बै‌कमा सेवाग्राहीको भीड

डोल्पा ः आर्थिक वर्षको अन्त्यमा डोल्पा सदरमुुकाममा रहेका बैंकमा सेवा ग्राहीको घुँइचो लागेको छ। आर्थिक वर्ष २०७४र०७५ को विकासे बजेट समाप्तिका बेलामा स्थानीय तहका योजनाको भुुक्तानी लिन सदरमुुकामका बैंकमा सेवाग्राही ओइरिएका छन्।

संघीयता लागू भएर स्थानीय सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि स्थानीयतहमा बैंक स्थापना हुुन नसकेपछि अघिल्ला वर्ष जस्तै यस वर्ष पनि जिल्लाका सबै क्षेत्रबाट सदरमुुकाम दुनैका बैंकमा योजनाका रकम भुुक्तानी लिन स्थानीय वासिन्दा पुुगेका छन्।

गएका ६ महिना पहिला जिल्लाका सबै स्थानीय तहमा चारवटा ‘क’ वर्गका बैंकले आफ्ना शाखा विस्तार गर्ने भने पनि एक यो आर्थिक वर्षमा कुुनै पनि स्थानीय तहमा आफ्ना शाखाबाट सेवा प्रवाह गर्न सकेनन्। नेपाल बैंक र सिटिजन्स् बैंकले सदरमुुकामबाट सेवा प्रवाह गरिरहेका छन्।

जिल्लाको जगदुुल्ला गाउँपालिका र काइके गाउँपालिकामा नेपाल बैंक, मुुड्केचुुला गाउँपालिका, डोल्पोबुुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक, त्यसैगरी से–फोक्सुुण्डो गाउँपालिकामा प्रभुु बैंक र त्रिपूरा सुुन्दरी नगरपालिकामा माछापुछ्रे बैंकले शाखा स्थापना गर्ने राष्ट्र बैंकले सूची सार्वजानिक गरेर सबै स्थानीय तहमा जानकारी गराएको थियो।

हालसम्म नेपाल बैंकले जगदुुल्ला गाउँपालिका र माछापुुच्छ्रे बैंकले त्रिपूरासुुन्दरीमा आफ्ना कार्यालय स्थापना गरेका छन्। कार्यालय स्थापना गरेपछि इन्टरनेटको सेवा विस्तारमा कठिनाइ भएको कारण यसै आर्थिक वर्षमा सेवा दिन नसकेको जगदुुल्ला गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायाले बताए।

संघीयता लागू भएर स्थानीय सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि स्थानीयतहमा बैंक स्थापना हुुन सकेका छैनन्।

माथिल्लो डोल्पाका स्थानीय बासिन्दाहरु ९ दिनसम्मको पैदल यात्रा गरी योजनाका पैसा लिन सदरमुुकाम पुुगेको छार्काताङसोङ गाउँपालिकाकी स्थानीय छिरिङकुुक्गा गुरुङले बताइन्।

माथिल्लो डोल्पामा पर्ने तीनवटा स्थानीय तहका जनताका लागि बैंकिङ सेवा मात्र नभएर अन्य सेवा समेत स्थानीय सरकारले दिन नसकेको से –फोक्सुुण्डोका अगुुवा आङबहादुुर लामाले आरोप लगाए। उनले भने, ‘ व्यवस्था बदलियो तर काम गर्ने शैली बदलिएन अनि कसरी गाउँगाउँमा सिँहदरबार भयो माथिल्लो डोल्पामा नागरिकले झनै सास्ती खेपेको बताए।

आर्थिक मासान्तकै बेलामा असारको २० गतेदेखि जिल्लाका सबै तहका स्थानीय सदरमुुकामका नेपाल बैंक र सिटिजन्स् बैंकमा दैनिक पैसा निकाल्न भीड लाग्ने गरेका छन्। स्थानीय तहमा बैंक छैनन् सबैको काम यतैबाट गर्दा भ्याइनभ्याइ भएको नेपाल बैंक शाखा प्रबन्धक बेदबहादुुर बुुढाले बताए। उनले भने, ‘कामको चाप भए पनि हामी सन्तुुष्ट छौं सबैलाई सेवा दिन पाएका छौं अब यस वर्ष मात्र हो अर्को वर्षबाट यस्तो भीड हँुुदैन।’

योजनाका पैसाको भुुक्तानी लिन सदरमुुकाम पुुगेका स्थानीयलाई पैसा घरसम्म कसरी लैजाने भन्ने चिन्ता पनि बढ्दो छ। सुुरक्षाको चुुनौती देखिएकाले लुटपाटमा पर्ने चिन्ता पनि स्थानीयलाई परेको छ। हप्तांै दिनदेखि सदरमुुकामका होटलमा स्थानीय बस्न बाध्य छन्। खर्च बढ्दो छ काम हुुन अझै समय लाग्ने बाटोमा धेरै साथी मिलेर घरजान पनि कुुर्नुुपर्ने बाध्यता रहेको स्थानीय सुुनाउँछन्।




सम्बन्धित समाचार


error: Content is protected !!