साइकल यात्री ओमप्रकास बानियाँ जाजरकोटमा

विनोद कुमार घर्ती
जाजरकोट , साइकल यात्री ओमप्रकाश बानियाँ जाजरकोट आईपुगेका छन् । ७ वटै प्रदेशलाई चिनाउन देशभर साइकल यात्रा गरिरहेका उनी आज सनिवार जाजरकोटमा आइपुगेका हुन् । नेपालको राष्ट्रिय झण्डा फहराउदैँ र आफ्नो प्रदेशीय यात्रालाई लम्काउदै देशका ७७ ओटै जिल्ला पार गर्छु भन्ने उद्देश्यले जम्मा ४६ औँ जिल्ला पार गरी सकेका उनी आज दिउस ४ बजे जाजरकोटको सदरमुकाम खलंगामा आईपुगेका हुन् । आफुले आफ्नो टाउकोको सुरक्षा गर्ने भन्दै टाउकोमा हरीयो हेल्मेट, आफुले यात्रा गर्ने साइकलको अगाडी भागमा राष्ट्रिय झण्डा राखेका, कालो झोला पछाडी बोकेका, अनी अफुले नेपालको पहीचान देखाउछु भन्दै सवै ठाउमा नेपालनै लेखेको प्रयोग गर्ने सोचमा छु भन्दै आफुले लगाएको टिसर्टमा पनी नेपाल लखीएको हो भन्ने २७ बर्षिय बानियाँको हरेक शब्दहरुमा राष्ट्रियता, स्वाधिनता,मर्मस्पस्टता, स्वाभिमानी र देश भक्ती नेपालीको भाब झल्कन्थो ।
उनले ७ ओटै प्रदेशका धार्मिक, कलात्मक, स्वाभिमान तथा साँस्कृतिक सम्पदाको प्रचारप्रसार गर्न आफु मरीमेटी साईकल यात्रामा रहेको बताए । ‘प्रदेश नं. १ मा बिश्वकै अग्लो शिखर सगरमाथा, पाथिभारा मन्दिर, लगाएतका आर्कषक ठाँउहरु जस्तै जाजरकोटको जाजरकोट दरवार, डोल्पाको तिरपुरा सुन्दरी मन्दिर र से–फोक्सुण्डो ताल अनी विभिन्न गाउँपालिका तथा नगरपालिकामा भएका सम्पुर्ण धार्मिक तथा पर्यटकीय स्थललाई चिनाउनका लागि मैले यो साइकल यात्रा गरेको हुँ, त्यसैले ती सम्पदाको प्रचारप्रसारमा मद्धत मिल्ने छ’ उनले भने । उनले आफू शान्ती, समृद्धि र स्थायित्वको नारा बोकेर देश दौडाहामा हिडेको बताए ।
उच्च शिक्षा हासिल गरेका बानियाँ ५ बर्ष बैदेशिक रोजगारीका भने असोज १७ गते देशका ७७ वटै जिल्लाको साइकल यात्रा गरिसक्ने लक्ष्य लिएर हिडेका उनी अहिले जाजरकोट लगाएत ४६ औँ जिल्लाको यात्रामा जाजरकोट आएका हुन् । उनले बर्षातको समय भएकाले ठाँउ ठाँउमा बाटो अबरुद्ध हुनु जस्ता कारणले आफ्नो ७७ जिल्लाको यात्रा केही हप्ता लम्बिन सक्ने बताए ।
उनले आफु देशको माया छातीमा राखेर साईकल बाटनै देशको सबै जिल्ला घुम्न सकिन्छ भन्ने सन्देश दिन जिल्ला दौडाहामा रहेको भएपनि केही मान्छेहरुले आफुलाई नराम्रो रुपमा हेर्ने गरेको बताए । धेरै जसो ठाउँमा मलाई सम्मान गरीयो र कतीपय ठाउको यात्रामा भन्नु पर्दा ओखलढुंगामा ५÷६ जना युवाहरुले मेरो यात्रालाई अबरोध गर्न खोजे गालि वैइज्जत गर्न खोजे अनी संग के नं थियो र मलाई लुटन पनी खोजे अनी दुखत यात्रा कती पय ठाउँमा प्रतिक्षालयमा चिसो मौसममा बसाई गरीयो भन्दै बाच्न गम्भीर यात्रा पनी गरीयो केही त किन यस्तो दौडानमा छस भनेर कतीपयले निज व्यवाहार गरेको बताउदैँ उनले भने । ‘साईकल यात्राबाट पुरै देश घुम्न गाह्रो छ, म नेपालका सबै जिल्लाको साईकलबाट नै यात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन यो अभियान शुरु गरेका हुँ । साइकल यात्री वानियाँ रुकुमको मुसीकोट खलंगाबाट आज जाजरकोट खलंगामा आइपुगेका छन ।










