कामचोर शिक्षकको प्रतिवेदन वुझाउदा कर्मचारी माथि आक्रमण


जाजरकोट, विद्यालयमा नपढाउने , काम नगर्ने शिक्षकको विवरण पेश गरि कारवाहीका लागि माग गर्ने शिक्षा तथा खेलकुद शाखाका स्रोत व्यक्तिमाथी आक्रमण भएको छ ।
कुशेगाउँपालिकाका विभिन्न वडामा रहेका विद्यालयमा काम नगर्ने शिक्षकको विवरण संकलन गरि गाउँपालिकामा वुझाउदा आफु माथी आक्रमण भएको जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति कमलराज वस्नेतले जानकारी दिनुभयो । अनियमितता गर्ने शिक्षक , कृत्य हाजिर गरेर तलव भत्ता खाएको भनि उल्लेख गरिएको प्रतिवेदन स्रोत व्यक्ति कमल वस्नेतले कुशेगाउँपालिकाका प्रमुख प्रशाषकीय अधिकृतलाई वुझाएको बताउनुभयो । प्रशाषकीय अधिकृतले गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतलाई वुझाउनु भएको थियो । स्रोत व्यक्ति कमल वस्नेतले कुशेगाउँपालिका भित्रका विद्यालयमा भएका अनियमितता , छात्रवृती वितरण नभएका र विद्यालयमा नपढाई शिक्षकले तलव खाएको लगाएका कुराहरु उल्लेख गाउँपालिकामा वुझाएको प्रतिवेदन हेदै गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले आफ माथि आक्रमण गरेको स्रोत व्यक्ति वस्नेतले बताउनुभयो ।
स्रोत व्यक्ति वस्नेतले वुझाएको प्रतिवेदनमा मान्नेढुगा माध्यमिक विद्यालय का शिक्षक बाल्मीकि प्रसाद सिंह २०७४ साल १० ÷५ देखि २०७५ जेठ मसान्त सम्म विद्यालयमा उपस्थित नभएको भनि उल्लेख छ । त्यस्तै भगवती मावि भेटुखाना का शिक्षक खड्कवहादुर पुन २०७४ ÷५ ÷२१ देखि २०७४ ÷९ ÷३० गते सम्म उपस्थित नभएपनि प्रधानाध्यापक देववहादुर वस्नेतले २०७४ कार्तिक सम्मको तलव झुक्तानी दिएको उल्लेख छ । २०७४ पुस , माघ दुई महिनाको तलव भत्ता स्रोत व्यक्तिले रोक्का गरेको उल्लेख छ । सोही विद्यालयका शिक्षक हेमन्तवहादुरसिंह माघ, फागुन महिनामा गयल भएको भनि स्रोत व्यक्तिले रातो चिन्ह्मा टिपेक्स लगाई हाजिरी गरेको , २०७५ बैशाख १ देखि असार १५ सम्म विद्युतिय हाजिरीमा समेत हाजिरी नगरेको पाईएको उल्लेख छ । त्यस्तै २०७३ ÷७४ देखि २०७४÷७५ सम्मको विद्यालयमा गएको कुनै पनि छात्रवृती वितरण नगरेको उल्लेख छ ।
गाउँपालिकाले गाभेका र पढन पाठन वन्द भएका सवै विद्यालयमा छात्रवृती रकम बितरण नगरेको भनि उक्त प्रतिवेदनमा उल्लेख छ । हिमालय भानुभक्त प्रावि तागचौरका प्रधानाध्यापक रणवहादुर शाही २०७५ वैशाख १ देखि जेठ समान्त सम्म विद्यालयमा उपस्थित नभएको र छात्रवृतीको रकम वितरण नगरेको उल्लेख गरिएको छ । रमला प्रावि दतीचौरका शिक्षक लक्ष्मी वस्नेत २०७५ बैशाख १५ देखि वैशाख ३० गते सम्म विद्यालयमा उपस्थित नभएको पाईएको प्रतिवेदनमा उल्लेख छ । बिद्यालय नपढाई तलव खाने शिक्षकको कारवाहीको माग गर्दा गाउँपालिकाका अध्यक्षले नै आफु माथी आक्रमण गरेको शिक्षा तथा खेलकुद शाखाका प्रमुख कमल वस्नेतले गुनासो गर्नुभयो । अध्यक्ष वस्नेतका नजिकका व्यक्तिले नै वढी अनियमितता गरेको यो प्रतिवेदनमा देखिन्छ । यत्ता गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले कमल वस्नेतले तयार पारेको प्रतिवेदन पुर्वग्रही भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘ कमल सरका आफन्त पर्ने रमेश वस्नेत लगायतका व्यक्तिले महिना दिन नपढाएको आफुलाई जानकारी आएको तर त्यो कुरा प्रतिवेदनमा उल्लेख नगरेका कारण आफुले हप्काएको हुँ । प्रतिवेदन सहि तरिकाले आउँनु पर्र्यो , मेरा आफन्तको मात्र खोजि , खोजि ल्याउने तर आफ्ना आफन्तको देखेर पनि नदखेझै गरेपनि रिस उठेको हो ’ ।




सम्बन्धित समाचार


error: Content is protected !!