स्थानीय तहमा प्रभावकारी सन्चार विषयक २ दिने कार्यशाला सप्पन्न

सल्यान । बनगाड कुपिण्डे नगरपालिकामा दुई दिने स्थानीय तहमा प्रभावकारी सन्चार विषय कार्यशाला सम्पन्न भएको छ । नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि, १२ वटा वडाका वडा अध्यक्ष, नगरकार्यपालिका सदस्य, लगाएत नगरपालिका विषयगत समितिका कर्मचारी लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
प्रकृति मल्टी प्रपोज मिडिया प्रा लि द्धारा बुधबार देखि सुरु भएको कार्यक्रम सहजकर्ता युगबोध राष्ट्रिय दैनिक सम्पादक नरेन्द्र के सि र नेपाल पत्रकार महासघ सल्यान अध्यक्ष प्रतीक इच्छुक शर्माले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा सम्पुर्ण जनप्रतिनिधिहरुले मिडियामा प्रयोग गर्ने र जनतालाई सुसूचित गर्ने भन्दै ६ बुदे प्रतिवद्धता पत्रमा हस्ताक्षर सहित एकवद्धता गर्नु भएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुनले समाजलाई कसरी व्यवस्थित गर्ने भने सन्चार माध्यमको ठुलो भुमिका हुने भएकोले यसमा पत्रकारहरुले विषेश ध्यान दिनु पर्ने बताउनु भएको छ । यो देशलाई कसरी समृद्धि बनाउने लोकतन्त्रलाई संस्थागत देखि संघियतालाइ कसरी सफल बनाउने भने मिडियाको महत्त्वपूर्ण भुमिका रहेको नगर प्रमुख पुनले बताउनु भएको छ ।
एक अर्को प्रशङ्गमा नगर प्रमुखले केहि पार्टी र मिडियाहरुले आफुले भ्रष्टाचार गरेको आरोप लगाएको र आफुले कुनै पनि योजनामा भ्रष्टाचार नगरेको र यदि कसैले गरेको प्रमाणीत गर्छ भने एकछिन पनि पदमा नबस्ने ठोकुवा गर्नु भएको छ ।










