लक्ष्य भन्दा वढी राजस्व उठ्यो

जाजरकोट , यहाँको नलगाड नगरपालिकाले लक्ष्य भन्दा वढी राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा २६ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ३५ लाख भन्दा वढी राजस्व उठाएर नलगाड नगरपालिकाले लक्ष्य भन्दा वढी राजस्व उठाएको हो । साविकका खगेनकोट, डाडागाउँ, लहँ, रग्दा र भगवती गाविस मिलाएर नलगाड नगरपालिका बनाएको छ । नगरपालिकाका १३ वटा वडा मध्य वडा १३ नै सवै भन्दा वढी राजस्व उठाएको छ भने सवै भन्दा कम उठाउनेमा वडा नं ९ रहेको छ ।
नगरपालिकाको आन्तरिक स्रोतबाट उठेको राजस्व ३५ लाख भएको निर्मित प्रमुख प्रशाषकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।










