न्यूज 24 टेलिभिजन र रवि लामिछानेबारे प्राप्त उजुरी र कारबाही प्रक्रियाको विवरण

उजुरी नं  १ – कैलाशराज लोहनीविरुद्ध न्युज २४ टेलिभिजनको ”सीधाकुरा जनतासँग”
१० कैलाशराज लोहनीको क्षमायाचनासहित खण्डन र कारबाही गरिपाऊँ भन्ने उजुरी २०७४।१।११ मा दर्ता ।

२० कैलाशराज लोहनीद्वारा ध्यानाकर्षण गराउँदै पुनः २०७४।१।२८ मा उजुरी दर्ता ।

३० कैलाशराज लोहनीद्वारा कारबाही गरिपाऊँ भनी २०७४।६।६ मा उजुरी दर्ता ।

४० कैलाशराज लोहनीबाट २०७४।१०।२४ मा उजुरी दर्ता भएको ।

काउन्सिलले अपनाएको प्रक्रिया

१० २०७४।१।२५ गते सर्वोच्च अदालतको २०७३।९।१३ गतेको फैसला भनी प्रसारित र यथार्थमा उच्च अदालतको २०७३।९।१३ गतेको फैसला हुनुपर्ने तथ्यमा ध्यान नदिई सामग्री प्रसारण गरेको प्रति काउन्सिलको ध्यानाकर्षण भई उजुरीकर्तालाई आफ्नो भनाई राख्ने पर्याप्त अवसर दिई प्रस्तुतिमा संयमता अपनाउन र सन्तुलन कायम राख्न निर्देशन ।

२० अघिल्लो पटकको प्रक्रियागत जानकारी उजुरीकर्तालाई गराइएपश्चात् उहाँबाट चित्त नबुझाई २०७४।१।२८ मा पुनः उजुरी दर्ता, मिति २०७४।४।१७ को निर्णयानुसार “उजुरीकर्तालाई आफ्ना भनाई राख्ने पर्याप्त अवसर दिन र खण्डन प्रकाशन गर्न मिडिया सञ्चालक तथा कार्यक्रम सञ्चालकलाई निर्देशन दिने अन्यथा आचारसंहिताबमोजिम कारबाही हुने” व्यहोरा उल्लेख गर्दैै निर्देशन जारी ।

३० १०० औं इपिसोडमा पुनः प्रसारण गरेको भनी उजुरीकर्ताबाट २०७४।६।८ मा गते अर्को उजुरी । २०७४।८।९ को निर्णयानुसार काउन्सिलबाट दिइएको निर्देशन कार्यान्वयन नभएको र उजुरीकर्ताबाट तत्विषयमा पुनः प्रसारण गरेको भन्ने उजुरी प्राप्त, पत्रकार आचारसंहिता २०७३ को दफा ७९ख० र ७९ज० बमोजिम थप कारबाही किन अगाडि नबढाउने रु भन्ने बुँदा उल्लेख गरी ७ दिनभित्र जवाफ पेश गर्न २०७४।८।२७ मा पत्राचार भएको ।

४० २०७४।८।२७ को पत्रपश्चात् न्यूज २४ टेलिभिजनबाट २०७४।९।२० मा “उजुरीकर्ताको मान– प्रतिष्ठामा आँच पुग्ने कार्य नभएको स्पष्ट पार्न चाहन्छु । कार्यक्रममा पीडित भनिएका जीवन महर्जन तथा कैलाशनाथ लोहनी दुवै पक्षको भनाई समेटिएको छ । यस विषयमा दुवै पक्षबीच कार्यालयमा पनि छलफल भएको र एकपक्षीयरुपमा कार्यक्रम प्रसारण नभएको स्पष्ट पार्न चाहन्छौं । सचेतना र निगरानीका लागि धन्यवाद दिंदै आगामी दिनमा पनि मार्ग निर्देशको अपेक्षा गरेका छौं।” भन्ने व्यहोराको जवाफ प्राप्त ।

५० न्यूज २४ टेलिभिजनको जवाफको व्यहोरा खुलाई २०७४।१०।१० गतेको निर्णयानुसार उजुरीकर्तालाई २०७४।१०।१९ मा जानकारी गराइएको ।

६० २०७४।१०।१९ मा सम्बन्धित सञ्चारमाध्यमको जवाफप्रति उजुरीकर्ताले चित्त नबुझाई “सम्मानित काउन्सिलमा रवि लामिछाने, टिभी सञ्चालक र मलाईसमेत राखी आचारसंहिताबमोजिम छलफल गराई वास्तविकता बुझी सोहीअनुसार कारबाही गर्न गराउनु भई मप्रति भएको अन्याय निरुपण गराईपाउन सविनय अनुरोध छ” भन्ने व्यहोराको २०७४।१०।२४ गते पुनः उजुरी प्राप्त ।

७० उजुरीकर्ताको २०७४।१०।२४ गतेको पुनः उजुरीका सम्बन्धमा मिति २०७४।१०।२९ गतेको आचारसंहिता अनुगमन उपसमिति ९विद्युतीय० को निर्णयानुसार उजुरीकर्ता, सञ्चारमाध्यमका सञ्चालक र सम्बन्धित पत्रकारसँग छलफलका निमित्त उपसमितिका सदस्य श्री संगीता खड्का, श्री ज्ञानरत्न शाक्य र सचिव श्री रामशरण बोहरा सम्मिलित कार्यदल गठन ।

८० कार्यदलको मिति २०७४।११।९ गतेको निर्णयानुसार २०७४।११।११ गते अपराह्न ४ः०० बजे उजुरीकर्ता श्री कैलाशराज लोहनी र न्यूज २४ टेलिभिजनका कार्यकारी प्रमुखलाई सोही दिन बेलुका ५ः०० उपस्थित हुन पत्राचार भएकोमा उजुरीकर्ता कैलाशराज लोहनीसँग २०७४।११।११ गते ४ः०० बजे छलफल सम्पन्न भएको । तर सञ्चारमाध्यमका सञ्चालक उपस्थित हुन नसक्ने भनी न्यूज २४ टेलिभिजनबाट पत्र प्राप्त ।

९० कार्यदलले सर्वप्रथम उजुरीकर्ता, त्यसपछि सञ्चारमाध्यम सञ्चालकसँग छलफल गर्ने, अन्तिममा कार्यक्रम प्रस्तोतासँग छलफल गर्ने योजना बनाएकोे । २०७४।११।११ मा सञ्चालक उपस्थित हुन नसक्ने पत्रपश्चात् पटकपटक न्यूज २४ का समाचारप्रमुखमार्फत् समय मिलाई सञ्चालकको उपस्थितिका निम्ति वातावरण मिलाइदिन कार्यदलका सदस्य श्री रामशरण बोहराबाट फोनमार्फत् कुराकानी भएको । तर छलफलमा सञ्चालक उपस्थित हुनु भएन । उपस्थितिको लागि ताकेतापत्र जारी गर्ने तयारी ।

उजुरी नं। २– लक्ष्मण वि।क। विरुद्ध रवि लामिछाने
उजुरी – न्यूज २४ टेलिभिजनमार्फत् सञ्चालित “सीधा कुरा जनतासँग” नामक कार्यक्रममा रवि लामिछानेले अति आक्रामकरुपमा बिना अनुमति व्यक्तिकोे कार्यकक्ष, निवासमा समेत घुसी अनर्गलरुपमा भ्रामक समाचार बनाउने गरी भिज्यूअल खिच्ने र आम सीधासादा जनतालाई दुःख दिने गरेका छन् । रवि लामिछाने आफू अमेरिकी आप्रवासी भिसा लिई नेपालमा अनुमति बेगर बस्दै आएका व्यक्ति हुन् । नेपालका सञ्चारमाध्यममा नेपाली नागरिकबाहेक अन्य व्यक्तिलाई पत्रकारिता गर्ने छुट छैन । विदेशी सञ्चारमाध्यममा काम गर्ने विदेशी पत्रकारहरुका लागि सूचना विभागले छुट्टै अनुमति दिने व्यवस्थासमेत निजले पालना गरेका छैनन् । अत ः सोको छानबीन गरी आवश्यक कारबाही गरिदिनुहुन हामीले यो निवेदन पेश गरेका छौं । भनी लक्ष्मण वि।क।द्वारा २०७५।१०।२८ मा काउन्सिलमा उजुरी दर्ता ।

काउन्सिलले अपनाएको प्रक्रिया

१० लक्ष्मण वि।क।को उजुरीका सम्बन्धमा मिति २०७४।१०।२९ गते बसेको आचारसंहिता अनुगमन उपसमिति ९विद्युतीय० को निर्णयानुसार “उजुरीमा उल्लेख भएको विषय के कसो हो रु प्रेस पास एवं अनुमति लिएको हो होइन रु यसमा आवश्यक कारबाहीको लागि सूचना विभागलाई पत्राचार गर्ने निर्णयबमोजिम २०७४।११।११ मा पत्राचार भएको ।

२० सूचना विभागबाट २०७४।१२।१ मा “रवि लामिछाने, न्यूज २४ टेलिभिजनले यस विभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेको अभिलेखमा नदेखिएको व्यहोरा अनुरोध छ” भन्ने जवाफ पत्र ।

३० सूचना विभागबाट प्राप्त पत्रका सम्बन्धमा आचारसंहिता अनुगमन उपसमिति ९विद्युतीय० को निर्णयानुसार सबै कुरा उल्लेख गरी सो विषयमा के कसो भएको हो खुलाई पठाउन २०७४।१२।२३ मा कार्यक्रम सञ्चालक रवि लामिछानेलाई पत्राचार भएको ।

४० कार्यक्रम सञ्चालक रवि लामिछानेबाट मिति २०७४।१२।३१ उल्लेख भएको जवाफ २०७५।१।६ मा काउन्सिलमा दर्ता भएको । उक्त जवाफमा “‘सबैभन्दा पहिला म विदेशी नागरिक होइन । मैले नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिसा लिएको छु, श्रम मन्त्रालयबाट काम गर्ने अनुमति लिएको छु । पछिल्लो समय मेरो कार्यानुमति नवीकरण प्रक्रियामा छ र नविकरणको प्रक्रिया रहँदा गर्दा काम गर्न समस्या नभएको गृह मन्त्रालयको अभिव्यक्ति रेकर्डसमेत सुरक्षित राखेको छु । अर्को कुरा म पत्रकार होइन, भैसकेको छैन । म एक कार्यक्रम सञ्चालक हुँ । कार्यक्रम सञ्चालकहरुले मात्र होइन धेरै पत्रकारले समेत प्रेस पास लिएका छैनन् । प्रेस काउन्सिलमा रहेका केही उच्चपदस्थ व्यक्तिहरुले सञ्चालन गरेका पत्रपत्रिकामार्फत् वर्षौदेखि ब्ल्याकमेलिङको धन्दा चलेको छ जसको अध्यययन अन्तिम चरणमा पु¥याएको छु । ‘अहिलेको अवस्थामा प्रेस पास लिनुभन्दा म यो पेशा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न पाए बरु गर्वको अनुभूति गर्ने छु ।” भन्ने व्यहोरा उल्लेख गरिएको ।

५० मिति २०७५।१।१४ गतेको बैठकको निर्णयानुसार “रवि लामिछानेबाट लेखी आएको जवाफको आधारमा उनले नेपालको सञ्चारमाध्यममा समाचार सामग्री सम्प्र्रेषण गर्दै आएको र सञ्चारमाध्यममा पत्रकार नभएर पत्रकारले सञ्चालन गर्ने काार्यक्रम निर्माण, संयोजन, सञ्चालन गर्न पाउने÷नपाउने हो, कार्यक्रम सञ्चालनको अनुमति लिनुपर्ने हो वा होइन रुनिज रवि लामिछानेसँग कार्यक्रम स्वीकृति भएको÷नभएको व्यहोरा खुलाई पठाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागलाई २०७४।१।२४ मा पत्राचार भएको ।

६० उक्त पत्रको जवाफस्वरुप सूचना विभागबाट २०७५।२।३ मा “श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ को पहिलो संशोधनको दफा २ ९घ० मा “श्रीमजीवी पत्रकार” भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्तिबाहेक सञ्चारसम्बन्धी व्यवसाय वा सेवालाई प्रमुख व्यवसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधानसम्पादक, सम्पादक, संवाददाता, स्ट्रिन्जर, समाचारवाचक, कार्यक्रम निर्देशक, अनुवादक, वेबडिजाइनर, स्तम्भलेखक, फोटो पत्रकार, प्रेस क्यामेरामेन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादकजस्ता पेशासँग सम्बन्धित व्यक्तिसमेतलाई जनाउँछ भन्ने उल्लेख छ । साथै न्यूज २४ टेलिभिजनले मिति २०७४।३।१, आ।व। २०७४।७५ का लागि पठाएको दरबन्दी र श्रमजीवी विवरणमा विभागको द।नं। ३४१७ मिति ३४१७ मिति २०७४।३।१६ मा मा दर्ता भएको र उक्त विवरणको “क्र।संं १९। श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको नामथर ः रवि लामिछाने, पदः वरिष्ठ कार्यक्रम संयोजक तथा वरिष्ठ प्रस्तोता, नियुक्तिको किसिम ः स्थायी उल्लेख भइआएको” भन्ने व्यहोराको पत्र प्राप्त भएको ।

७० काउन्सिलबाट २०७५।१।२४ को पत्रको जवाफ प्राप्त नभएपश्चात् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ताकेतास्वरुप २०७५।३।३ मा पुनः पत्राचार भएको ।

८० जुन १३ मा काउन्सिललाई धम्कि दिँदै रवि लामिछानेद्वारा फेसबुकमा पोष्ट भएको ।

९० यसै सन्दर्भमा २०७५।३।४ गते आचारसंहिता अनुगमन उपसमिति ९विद्युतीय० को निर्णयानुसार श्रम विभागलाई रवि लामिछानेले काम गर्नका लागि श्रम स्वीकृति लिएको वा नलिएको रु लिएको भए कुन कानुन अन्तर्गत रही कति समयको लागि लिएको रु अविलम्ब खुलाई पठाउन र अध्यागमन विभागलाई रवि लामिछानेले के–कस्तो प्रकृतिको भिसा लिई नेपालमा बसोबास गर्दै आएका हुन् रु कस्तो भिसा लिएको अवस्थामा कुन कानुनअन्तर्गत रही के–कस्तो काम गर्न पाइने हो रु अविलम्ब खुलाई पठाउन २०७५।३।४ मा पत्राचार भएको ।

१०० काउन्सिलको पत्राचारपश्चात् २०७५।३।५ मा अध्यागमन विभागबाट “अमेरिकी राहदानी नं। ५१२९६६९८१ बाहक रवि लामिछानेलाई यस विभागबाट सन् ०४ अक्टोबर २०१८ सम्म अवधि रहेको गैरपर्यटक ९नातेदार० भिसा जारी गरिएको छ । साथै अध्यागमन नियमावली, २०५१ को दफा २० को ९१० मा यस नियमावलीबमोजिम पर्यटक र परिवारको सदस्यको हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउने छैन र ऐऐ को ९२० मा यस नियमावली बमोजिम भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको निमित्त भिसा प्राप्त गरेकोे हो सोबाहेक अन्य काम गर्न पाइनेछैन भन्ने व्यवस्था रहेको जानकारी आदेशानुसार अनुरोध छ ।” भन्ने व्यहोराको जवाफ प्राप्त ।

११० काउन्सिलको पत्राचारपश्चात् २०७५।३।५ मा श्रम विभागबाट “यस विभागको अभिलेख भिडाई हेर्दा रवि लामिछाने ९पासपोर्ट नं। ५१२९६६९८१० ले स्वीकृति लिएको नदेखिएको व्यहोरा अनुरोध छ ।” भन्ने व्यहोरा उल्लेख गरी जवाफ प्राप्त ।

१२० काउन्सिलले मिति २०७५।३।६ मा “प्रेस काउन्सिल ऐनको मस्यौदा, गोपनीयताको हकसम्बन्धी कानुन र पत्रकार आचारसंहिता” विषयक अन्तरक्रिया कार्यक्रममा आचारसंहिता अनुगमन, उजुरी, स्वअनुगमनको अवस्था, उजुरी कार्यान्वयन, आचारसंहिता पालना, काउन्सिलले सोधेको जवाफ, निर्देशनको पालना एवं अवहेलनाकोको अवस्थाबारेमा उदाहरणस्वरुप यो उजुरी र यससम्बन्धित भएका क्रियाकलापबारे जानकारी गराइएको ।

१३० मिति २०७५।३।७ गते न्युज २४ टेलिभिजनबाट “सीधाकुरा जनतासँग” कार्यक्रममार्फत् काउन्सिलकै विषयमा केन्द्रित भई काउन्सिलको अगुवाईमा मलाई ३ वर्ष जेल हाल्नसक्ने समाचार छ भनी आफूलाई केन्द्रबिन्दुमा राखेर सामग्री सम्प्रेषण गरेको । काउन्सिल र काउन्सिलका पदाधिकारीविरुद्ध आक्रामक ढंगबाट प्रस्तुत ।

१४० काउन्सिलले यसै सन्दर्भमा २०७५।३।७ मा सार्वजनिक महत्वको प्रेस विज्ञप्ति जारी गरेको ।

१५० नेपाल सरकार गृह मन्त्रालयबाट मिति २०७५।३।७ मा अमेरिकी राहदानी बाहक ९एएल्य।छज्ञद्दढटटढडज्ञ० रवि लामिछानेका बारेमा खुलाई पठाउन लेखी आएको तहाँको ।च।नं। २४४४ मिति २०७५।३।४ को प्राप्त पत्रका सन्दर्भमा यस मन्त्रालयसँग सम्बन्धित निजका विषयमा अध्यागमन विभागबाट प्राप्त हुन आएको विवरण तथा यस मन्त्रालयमा रहेको अभिलेखबमोजिम देहानुसार खुलाई पठाइएको भन्ने जवाफ प्राप्त । जुन पत्रमा २०७५ असार ६ गते ३ बजे रवि लामिछानेले अमेरिकन पासपोर्ट, नागरिकता बुझाएको जानकारी गराएको ।

१६० यसपश्चात् काउन्सिल र काउन्सिलका पदाधिकारीका विषयमा रवि लामिछानेका समर्थकबाट अत्यन्तै अमर्यादित, अशिष्ट, गालीगलौजपूर्ण भाषा प्रयोग गर्दै सामाजिक सञ्जालमा स्टाटस पोष्ट, कमेन्ट हुन थालेको र २०७५।३।८ मा काउन्सिलबाट “सामाजिक सञ्जाल प्रयोगसम्बन्धमा ध्यानाकर्षण” विषयक प्रेस विज्ञप्ति जारी भएको ।

१७० काउन्सिलद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टेलिभिजन प्रसारण अनुमति लिंदा र नवीकरण हुँदा के–कसरी कुन शर्तमा दिइएको थियो, जनशक्ति विवरण के कस्तो पेश भएको छ, सोसमेत अध्ययन गरी यस विषयमा अविलम्ब निरुपण हुनुपर्ने देखिएकोले यससँग सम्बन्धित सम्पूर्ण कागजात संलग्न राखी मिति २०७५।३।१० गते पत्राचार भएको ।

१८० यसपश्चात् २०७५।३।१४ गते सीधाकुरा जनतासँग कार्यक्रममार्फत् किशोर श्रेष्ठ र जनआस्थाको नालिबेली, श्रीषा कार्कीदेखि क्षमता ढकालसम्मका सबै कर्तुत पर्दाफास भनी २०७५।३।१४ मा २४२ औ एपिसोडमा काउन्सिल र काउन्सिलका पदाधिकारी बार कार्यक्रम प्रसारण ।

१९० रवि लामिछानेद्वारा आफ्नो फेसबुक वालमा काउन्सिल र काउन्सिलका पदाधिकारी लक्ष्यित गरी निम्न मितिमा सामग्री पोष्ट भएको अभिलेख भेटिएको ।

१० डिसेम्बर ८, २०१७, ९१ः५७०
द्द० जुन १३, २०१८ ९६ः११०
३० जुन २०, २०१८ ९असार ६, ६ः४००
४० जुन २०, २०१८ ९असार ६, ६ः४४०
५० जुन २०, २०१८ ९असार ६, ६ः४९०
६० जुन २१, २०१८ ९असार ७, ८ः२९०
७० जुन २१, २०१८ ९असार ७, ८ः३३०
८० जुन २१, २०१८ ९असार ७, ११ः१५०
९० जुन २३, २०१८ ९असार ९, ४ः०५०
१०० जुन २३, २०१८ ९असार ९, ५ः३३०
११० जुन २४, २०१८ ९असार १०, ८ः४८०
१२० जुन २७, २०१८ ९असार १३, ६ः४४०
१३० जुन २७, २०१८ ९असार १३, ७ः५००
१४० जुन २८, २०१८ ९असार १४, ११ः५८०
१५० जुन ३०, २०१८ असार १६

२०० प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षको देहायको नक्कली फेसबुक एकाउन्ट बनाई भ्रामक, उत्तेजक, अमर्यादित सामग्री पोष्ट गरेको

२१० रवि लामिछानेका समर्थकको नाममा काउन्सिल र काउन्सिलका पदाधिकारीका विषयमा गलत, अमर्यादित भाषा शैली प्रयोग गरी सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट, प्रतिकमेन्ट हुने गरेको ।




सम्बन्धित समाचार


error: Content is protected !!