घरंगागाउँ अध्यारो मुक्त

जाजकोट (रासस)ः यहाँको दुर्गम गाउँ सोलार प्राविधिबाट झिलिमिली भएको छ । जिल्लाको नलगाड नगरपालिका वडा ९ घरंगा गाउँ सोलार प्राविधिबाट पुरै गाउँ उज्यालो भएको हो ।
वषौ देखि अध्यारोमा बसेका ७० घर घुरीका स्थानीयबासीहरु सोलारबाट उज्यालो पाएपछि खुसी भएका छन् । दैनिक सल्लीको दियालो वाल्दै आएका स्थानीय तपवहादुर सिंह सोलारबाट उज्यालो भएपछि खुसीले सिमा नरहेको बताउनुभयो । तपबहादुर जस्तै गोरखवहादुर सिंहले पनि पहिलो पटक घरमा सोलार बाट उज्यालो वत्ती वाल्न पाउँदा सवै जहान परिवार खुसी भएको बताउनुभयो । सोलार पाएपछि छोरा,छोरीको पढाईमा समेत ध्यान दिएको सिंहले बताउनुभयो ।

छिमेकी वडामा विद्युतबाट घर झिलिमिली भएको देख्दा मन मन रुने गर्दथ्यो , अहिले आफ्नै गाउँ सोलारले उज्यालो हुँदा सवै स्थानीय दंग भएको अर्का स्थानीयवासी प्रेमवहादुर विकले बताउनुभयो ।
नलगाड नगरपालिकाको आर्थिक सहयोगमा र स्थानीयको ढुवानी भाडामा यहाँका ७० घरधुरी उज्याला भएका हुँन् ।
हेमन्त के सी




सम्बन्धित समाचार


error: Content is protected !!