वालमैत्री अभियान सफल पार्न प्रहरी

 जाजरकोट, सधैजसो जनताको सुरक्षाको लागि र सेवाग्राहीको चित्त वुझाउनमा दौडधुप गरिरहने प्रहरीहरु यो असारको मध्यसमयमा हातमा कापी कलम लिएर उत्साहका साथ केही सिक्नका लागि वसिरहेका देखिन्थे ।

यो दृष्य असार १५ र १६ गते छेडागाड नगरपालिका अन्र्तगतको इलाका प्रहरी कार्यालय वडापनको तालिम हलको हो । सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चको साझेदारिमा सञ्चालित एकिकृत परियोजना वालसंरक्षण कार्यक्रमद्धारा इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुका लागि २ दिने वालसंरक्षण तथा वाल न्यायीक प्रणालि सम्वन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । इलाका प्रहरी कार्यालय वडापन र दशेरा का १७ जना प्रहरी कर्मचारीहरु सहभागि रहेको २ दिने कार्यक्रममा विशेषगरि वाल अधिकारको संरक्षण, बालबालिकामाथिहुने हिंसा तथा दुव्र्यवहार विरुद्धका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कानुनी प्रावधानहरु, हिंसा तथा दुव्र्यवहार प्रभावित र अभियोग लागेका बालबालिकासंग बालसंवेदी सम्वादसम्बन्धी सीप तथा वालवालिका माथि हुने हिंशा न्युनीकरणका लागि स्थानिय प्रहरीको भुमिका विषयमा केन्द्रित रहि सफलतापूर्वक तालिम सम्पन्न गरिएको छ ।

हाल जिल्लामा वालवालिकाको प्रमुख सवाल वालविवाह न्युनिकरणका लागि प्रहरी सँगको सहकार्य एकदमै आवश्यक रहेको र यस तालिमले आगामी दिनमा वालविवाह तथा वालवालिका माथि हुने हिशा न्युनीकरणका लागि थप सघाउ पुर्याउने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक मनोज कु सुनुवारको भनाई रहेको थियो ।
तालिममा विशेष छलफल पश्चात वालवालिकामाथि असर पुर्याउने तत्कालिन सवालहरु जातिय भेदभाव, वाल विवाह, वाल श्रम शोषण तथा वालवालिकामाथि हुने हिंशा, दुव्र्यवहार, वेवास्ता, शोषण न्युनिकरणकमा केन्द्रित रहि जनचेतना अभिवृद्धि तथा समस्या न्युनिकरणको लागि इलाका प्रहरी कार्यालयको वार्षिक कार्ययोजना समेत तयार गरिएको छ । छेडागाड नगरपालिको गौरवमय योजना, ३ वर्ष भित्र वालमैत्रि नगर निर्माणको लागि सघाउ पुर्याउन इलाका प्रहरी कार्यालय सदैव तयार रहने र वालवालिकामाथि हुने कुनै पनि प्रकारका हिंशालाई तत्काल कानुनि कारवाहिको दायरामा ल्याईने इलाका प्रहरी कार्यालय वडापनका प्रहरी प्रमुख श्री तिलक प्रसाद उपाध्यायको भनाई रहेको थियो ।

हाल जिल्लामा टोल टोलमा प्रहरी अभियान पनि सञ्चालन गरिएको छ , जसमा पनि वालविवाह, वाल श्रमशोषण, घरेलु हिंशा जस्ता समस्या न्युनीकरणलाइ विशेष प्राथमिकतामा राखिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरिक्षक श्री रविन्द्र वहादुर सिंह ज्यूले “सवैको साथ र सहकार्य विना कुनै पनि समस्या न्युनिकरण गर्न असम्भव रहेकोले सवैले आ –आफ्नो तह र तप्का वाट लागि पर्न अनुरोध गर्दै जिल्लामा वालवालिकाको सवाललाई न्युनिकरणका लागि सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चको प्रयास एकदमै सह्राहनिय रहेको” वताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!