जाजरकोट अस्पतालको सेवा ठप्प पादै आन्दोलनमा उत्रिए स्वास्थ्यकर्मीहरु

जाजरकोट, पाँच महिना देखि तलव , भत्ता नपाएको भन्दै जाजरकोट अस्पतालका कर्मचारी , स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । हरेक महिना तलव वुझदै आएका स्वास्थ्यर्मी र कर्मचारीहरु पाँच महिना देखि तलव नपाउँदा आन्दोलित हुँन् । भेरी नगरपालिकाले समयमै तलव नदिएको भन्दै स्वास्थ्यर्मीहरु वुधबार देखी विभिन्न रुपमा आन्दोलनमा उत्रिएका हुँन् ।


वुधबार देखी कालो पट्टी बाँधेर काम गरेका स्वास्थ्यकर्मीले विहिवार मध्यान्ह १२ बजेसम्म आकस्मिक बाहेकका सवै सेवा बन्द गरेर विरोधमा उत्रिएका थिए । सुक्रबार देखी ओपिडी, ल्याप लगाएतका सेवा समेत वन्द गरिएको डाक्टर भुपेन्द्र प्रकास मल्लले जानकारी दिनुभयो । यस अघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्था स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको बताएका छन् । भेरी नगरपालिलका मातहतका स्वास्थ्य चौकी र जाजरकोट अस्पतालमा कार्यरत चिकित्सक देखि कार्यालय सहयोगीले गत फागुन देखि तलब र पुस देखिको भत्ता नपाएको बताएकाछन् । शुक्रवार सम्म तलब निकासा नगरिए सवै सेवा ठप्प पारिने बताएका स्वास्थ्यकर्मीले आज देखि थप सेवा वन्द गदै आन्दोलनमा उत्रिएका छन् । जाजरकोट अस्पतालमा कार्यरत ५७ स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले समयमा तलब भत्ता पाउन नसकेका हुन् । गत फागुन देखि तलब खान नपाउँदा घरखर्च चलाउन मस्किल भएको जाजरकोट अस्पतालका सुव्वा दशरथ लामीछानेले बताउनुभयो ।

भेरीनगरपालिकाका लेखापाल डम्बर विष्टले रकम निकासा नभएकोले स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिएको बताउनुभयो । यस अघि निकासा भएको तलब सकिएको र फेरी निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत स्वास्थ्य सेवा विभागमा माग गरेपनि हालसम्म निकासा भएको छैन उहाँले भन्नुभयो । जिल्लाका अन्य स्थानीय तहमा पनि यस्तै समस्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् । बिना तलव काम गर्नुपरेको भन्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीका कारण अस्पतालमा विरामीहरुले उपचार पाउँन समस्या भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!