कांग्रेसको डोल्पा छायाँ सरकार भन्छ–अधिकांश योजनाहरू कार्यकर्तामूखी

डोल्पा ः कांग्रेसले डोल्पामा छायाँ सरकार बनाएको छ । कांग्रेसको छायाँ सरकारले नगरका योजना, विनियोजित बजेट तथा फितलो कार्यान्वयन पक्ष बारे आज पत्रकार सम्मेलन गरी अनुगमन रिर्पोट सार्वजनिक गरेको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको ११ वटै वडामा कांग्रेसको छायाँ सरकारले असारको पहिलो साताबाट स्थलगत अनुगमन सुरु गरी ९ असारमा सम्पन्न गरेको थियो । आर्थिक वर्ष समाप्तीसँगै नगरपालिकाले कामै नगरी कागजी योजनाको आधारमा वजेट भुत्तानी दिन थालेको र नगरका योजनाहरुमा आर्थिक वर्ष सकिँदासमेत सुरु हुनसकेको कांग्रेस डोल्पाका सचिव जयनन्द उपाध्यायले बताए ।

छायाँ सरकारको ठहर–अधिकांश योजनाहरु कार्यकर्तामूखी

नगरपालिकाका प्रमूख ओमबहादुर बुढा र उपप्रमूख चन्द्रकुमारी बुढाले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले बहुमतको दम्म देखाएको छायाँ सरकारको आरोप छ । अधिकांश योजनाहररू कार्यकर्ता रिजाउनका लागि नगरमा छलफलै नगरेको र चोरबाटोबाट योजना छनोट गरी आवश्यकता भन्दा बढी बजेट बिनियोजन गरेको आरोप पनि लगाएको छ ।

७० लाखसम्मको बजेटको काम खै ?

त्रिपुरासुन्दरी नगरपालिकामा आर्थिक मसान्त सकिनै लाग्दा समेत ७० लाख बजेट बराबरका योजनाहरु सुरु नभइ ठेकेदारलाई भुक्तानी दिने तयारीमा देखिएको बताएको छ । कामै सुरू नभएका योजनाहरुमा वडा नम्बर १ मा तीन, वडा नम्बर २, ४ र ९ मा एकरएक, वडा नम्बर ६ मा दुई, वडा नम्बर ११ मा ४ वटा योजनाहरुको काम सुरु नै नभएको छायाँ सरकारको प्रतिवेदनमा उल्लेख छ ।




सम्बन्धित समाचार


error: Content is protected !!