जगदुल्ला गाउँपालिकाको वजेट १५ करोड ४५ लाख ४७ हजार

रुपलाल बोहोरा
डोल्पा ,जगदुल्ला गाउँपालिकाको २०७५,७६को नीति तथा कार्यक्रम सार्वजानिक भएको छ । आईतबार गाउँपालीका को कार्यालयमा कार्यपालीका ,जनप्रतिनिधी,वडा स्तरका प्रतिनिधी आम जनताको विचमा गाउँपालीकाका अध्यक्ष नारसिहं रोकाया ले नीति तथा कार्यक्रम र सार्वजानिक घोषणा गर्नु भएको हो ।
गाउँपालीका ले आ व ०७५ । ०७६ मा कुल १५ करोड ४५ लाख ४७ हजार रकम सबै को विचमा सार्बजानिक गरेको छ । संघ र प्रदेश गरेर कुन १५ करोड ४५ लाख ४७ रकम सार्व जानिक गरेको हो । जस मध्य यो आ व मा एक घर एक व्यबसाय पहिलो प्रथामिकता मा राखेको छ । गाउँपालीका भित्र कहिले विपद पर्न सक्छ भन्दै विपद जोखिम मा राहत को लागी रु २९ लाख छुट्याएको छ । कार्यक्रम मा गाउँपालीका का अध्यक्ष रोकायाले वितेको बर्षमा विभिन्न विकासे वजेटबाट गाउँपालीका को सबै वडा वडा मा मोटर बाटो पुगेकाले यसको स्तर उन्नती गर्ने, शिक्षा, स्वास्थ्य, रोजगार का विषयमा जनतालाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम ल्याउने बताउनु भएको छ ।
डोल्पा जिल्ला को नमुना गाउँपालीका बनाउन लागि आफुहरु हर समयमा खटिएको र सबै जनाताहरुले यो कार्यमा साथ दिनु पर्ने गाउँपालीका भित्र मा सबैले साथ दिएमा ५ बषर््ा भित्रमा एक घर एक ब्यबसायी बनेको र जगदुला गाउँपालीका बाट अन्य ले सिक्ने बाताबरण को निर्माण हुन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!