२ दिनमा २ जना सुत्केरीको हेलिकप्टरबाट उद्धार

नरजन तामाङ
हुम्ला, । ४ दिन अघि घरमै सुत्केरी व्यथा लागेकी चंखेली गाउँपालिकाकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । हुम्ला जिल्लामा सुत्केरी हुन नसकेकी चंखेली गाउँपालिका ६ मेल्छाम की १९ वर्षीय बसन्ती शाहीलाई जिल्ला अस्पताल हुम्ला पु¥याइएको थियो ।
सुत्केरी महिलाको पेटको बच्चाको मृत्यु भईसकेपछि जिल्ला अस्पताल हुम्लाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्ला पठाइएको जिल्ला अस्पताल हुम्लाका प्रमुख डाक्टर रञ्जित कुमार यादवले जानकारी दिएका छन । उनले भने जिल्लामा अप्रेशन गर्नुपर्ने भएपछि जिल्लामा ब्लड बैकको समस्या भएपछि कर्णाली स्वास्थ्य विज्ञान जुम्ला रिफर गरिएको डाक्टर यादवले बताए । बिहीबारदेखि सुत्केरी व्यथा लागेकी शाही ४ दिनदेखि गाउँमै सुत्केरी हुन नसकेपछि हेलिकप्टर मार्फत सिमकोटमा पु¥याइएको चंखेली गाउँपालिका ६ का स्थानीय भक्त बहादुर शाहीले बताए ।
उनले भने चंखेली गाउँपालिका उपाध्यक्षका बिमला शाहीको पहलमा सुत्केरी हुन नसकेकी शाहीको उद्धार गरिएको बताए । सरकारले कर्णालीका महिलाहरुलाई सुत्केरी हुन नसकेका बच्चा र आमा जोखिममा रहेकाहरुलाई एअर लिफ्टिङको मार्फत सुविधा सम्पन्न अस्पतालमा थप उपचारको लागि निशुल्का लग्ने व्यवस्था गरेपछि जिल्लामा पछिल्ला समय एयरएम्बुलेन्स प्रयोग गर्नेको संख्या वृद्धि हुदै गएको छ । शनिबार मात्रै चंखेली गाउँपालिका ३ की कल्पना रोकायाका पनि उद्धार गरिएको थियो ।








