होटलको छतबाट लडेर बालिकाको मृत्यू

जाजरकोट , होटलको छतबाट लडेर आईतबार दिउँसो जाजरकोटमा तीन वर्षीय बालिकाको मृत्यू भएको छ । आठविसकोट नगरपालिका रिटा घर भई जाजरकोट सदरमुकाममा रहेको कान्तिपुर होटलमा फुपु सुसिला चन्द संग बस्दै आएकी तीन वर्षीय बालिका यूपी चन्द होटलको बार्दली बाट लडेर घाईते भएकी थिइन् ।
नेपालगन्जबाट आएको जीप हेर्न होटलको वार्दलीम गएकी बालिकाको तीन तला माथिबाट खस्दा घाईते भएकी हुँन् । उपचारका लागि नेपालगन्ज लिदै गर्दा सुर्खेतको मेहलकुनामा मृत्यू भएको हो । जिल्ला अस्पतालमा एम्वुलेन्स नहुँदा सार्वजानिक गाडीमा लिदा , लिदै बालिकाको मृत्यू भएको थियो । बालिकाका बाबा र आमा भारतमा कमाईका लागि गएका छन् ।








