हुम्लामा अझै रोकिएन असुरक्षित गर्भपतन

नरजन तामाङ
हुम्ला , सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएको डेढ दशक सम्म पनि हुम्ला जिल्लामा असुरक्षित गर्भपतन रोकिएको छैन । मुलुकी ऐनले गर्भपतनलाई महिलाको प्रजनन् अधिकार मान्दै आएको छ । ग्रामिण क्षेत्र हुम्लामा आर्थिक अवस्था कमजोर भएका, अशिक्षित महिलाहरुले अझै असुरिक्षत गर्भपतन गराउँदै आएका छन् ।
चिकित्सकको सहल्ला नलिई आफू खुसी गर्भपतको औषधि खाने र हप्तामा २र३ जना असुरक्षित गर्भपतनबाट रत्तश्रापको समस्या लिएर आउने गरेको जिल्ला अस्पताल हुम्लाका प्रमुख रञ्जितकुमार यादवले जानकारी दिए । हुम्लामा असुरक्षित गर्भपतनको औषधी सेवन गरी समस्या भोग्ने महिलाहरुको संख्या बढ्दैै गएको डाक्टर यादवले बताए ।
सरकारबाट कुनै स्वीकृत नलिएका बजारका निजी मेडिकलमा र नेपालगञ्ज सुर्खेत लगायतका स्थानहरुबाट गर्भपतन गराउने औषधि ल्याएर प्रयोग गर्नेको संख्या बढ्दै गएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।







